शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

निःशुल्क डेस्कटप सपोर्ट तालिम सम्पन्न

बुधबार, १९ असार २०८१, १६ : २७
बुधबार, १९ असार २०८१

काठमाडौँ । सिप्रदी कम्पनिजको सामाजिक उत्तरदायी संस्था सिप्रदीयन सहायता संस्था र चन्द्रागिरि नगरपालिका वडा नं १४ बीचको सहकार्यमा ८० घण्टाको निःशुल्क डेस्कटप सपोर्ट तालिम कार्यक्रम सम्पन्न भएको छ । 

तालिम कार्यक्रम जेठ १९ गतेदेखि सुरु भएको थियो । उक्त निःशुल्क तालिममा चन्द्रागिरि नगरपालिकाका ३२ जना प्रशिक्षार्थीहरुले कम्प्युटर हार्डवेयर मर्मत, सफ्टवेयर इन्स्टलेसन, प्रिन्टर सेटिङ, बेसिक नेटवर्किङ, इमेल/इन्टरनेट र आर्टिफिसियल इन्टेलिजेन्ट सम्बन्धी तालिम पाएका थिए । 

तालिममा सिप्रदीयन सहायता संस्थाले सम्पूर्ण आर्थिक, प्राविधिक, प्रशिक्षण लगायत भौतिक पूर्वाधारहरूका लागि स्थायी रूपमा चन्द्रागिरि नगरपालिका वडा कार्यालयलाई रु २,५०,००० बराबरको आर्थिक सहायता हस्तान्तरण गरेको थियो । 

तालिम समापन समारोह चन्द्रागिरि न.पा–वडा नं १४ का वडा अध्यक्षको सभापतित्व र चन्द्रागिरि नगरपालिका नगर प्रमुख घनश्याम गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । 

गिरीले यस्ता कार्यक्रमले नगरमा रोजगारी सृजना गरी सामाजिक विकाश गर्ने बताए ।  वडा अध्यक्ष राज भाइ महर्जनले यस किसिमको तालिमले स्थानीय सरकार, सार्वजनिक निजी साझेदारीको प्रवर्द्धन हुने कुरा बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप