शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

‘मिस्टर नेवाः’ आयोजना हुने

बुधबार, १९ असार २०८१, १५ : ४७
बुधबार, १९ असार २०८१

काठमाडौँ । राज्य मिडिया नेटवर्कले प्रतियोगितात्मक शो ‘मिस्टर नेवाः ११४४’ को घोषणा गरेको छ । कम्पनीले प्रतियोगिताका लागि आवेदन दर्ता खुला गरेको हो ।

राज्य मिडिया नेटवर्ककी कार्यक्रम निर्देशक सरला डङ्गोलले नेवार समुदायका युवाले ‘मिस्टर नेवा’मा भाग लिन सक्ने बताइन् । यो प्रतियोगिता नेवा समुदायका युवाहरूका लागि आकर्षक प्लेटफर्म हुने उनको दाबी छ ।

‘यो प्रतियोगिता नितान्त सांस्कृतिक उत्थान र युवाहरूको वृत्ति विकासमा लक्षित छ र उनीहरूका लागि आकर्षक प्लेटफर्म हुनेमा म विश्वस्त पनि छु’, फेसन डिजाइनरसमेत रहेकी कार्यक्रम निर्देशक डङ्गोलले बताइन् ।

इभेन्टको कोरियोग्राफरमा रोजिन शाक्य रहेका छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप