शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

नेप्से सूचकमा सामान्य वृद्धि, कारोबार ५ अर्ब नाघ्यो

बुधबार, १९ असार २०८१, १५ : २९
बुधबार, १९ असार २०८१

काठमाडौँ । मंगलबार सरकार परिवर्तनको हल्लाले एकाएक ४७ अंकमाथिले बढेको नेप्से सूचक दोस्रो दिनमा नै सुस्ताएको छ । बुधबार सेयर बजार परिसूचक नेप्से जम्मा ३.७९ अंकले मात्र बढ्दै २१ सय ४.२२ विन्दुमा उक्लिएको हो । 

मंगलबार दिन ४७ अंकमाथिले बढ्दै नेप्से सूचक २१ सयको विन्दुमा अडिएको थियो । 

तथापि, बुधबार कारोबारमा भने उच्चता आउँदै ५ अर्ब ८ करोड ३५ लाख रुपैयाँ बराबरको १ करोड ७१ लाख कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ । ४७ अंकले सूचक बढेको अघिल्लो दिन ४ अर्ब ५७ करोड ६८ लाख रुपैयाँ बराबरको १ करोड १६ लाख ४५ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको थियो । 

बुधबार बैंकिङ, डेभलपमेन्ट बैंक, फाइनान्स, इन्भेष्टमेन्ट र ट्रेडिङ समूहको उपसूचक बढेको छ भने बाँकी ८ वटा उपसूचक ऋणात्मक भएका छन् । 

कुल २४६ कम्पनी मध्ये बुधबार १०१ कम्पनीको सेयर मूल्य बढेको छ भने १३६ कम्पनीको मूल्य घटेको छ । बाँकी १० वटा कम्पनीको मूल्य भने स्थिर रहेको नेप्सेले जनाएको छ ।

बुधबार सेन्टरल फाइनान्स कम्पनी र आईसीएफसी फाइनान्सका सेयरधनीले समान १० प्रतिशतले कमाएका छन् भने छिमेकी हाइड्रोपावर कम्पनीका सेयरधनीले ४.७० प्रतिशतले गुमाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप