शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

पानीपुरीमा भेटियो क्यान्सर गराउने तत्त्व

बुधबार, १९ असार २०८१, १५ : १७
बुधबार, १९ असार २०८१

बैंगलुरु । पानीपुरी खान मन पराउनुहुन्छ भने यो खबरले तपाईँलाई निराश बनाउन सक्छ । भारतको कर्नाटकबाट डरलाग्दो खबर आएको छ । त्यहाँ बेचिने पानीपुरीमा क्यान्सर जस्ता खतरनाक रोग निम्त्याउने रसायन भेटिएको छ । यसपछि कर्नाटक सरकार सतर्क भएर अनुसन्धान थालेको छ । खतरा महसुस भयो भने पानीपुरी बेच्न र खान प्रतिबन्ध लगाउन सकिने अधिकारीहरूले बताएका छन् ।

भारतीय खाद्य सुरक्षा र मापदण्ड प्राधिकरण (एफएसएसएआई)ले आफ्नो अनुसन्धानमा २६० ठाउँबाट पानीपुरीको नमुना लिएको थियो । जसमध्ये ४१ नमुनामा नक्कली रङ र क्यान्सर गराउने तत्त्व भेटियो । यसमा ब्रिलियन्ड ब्लू, सनसेट येलो र टाट्र्राजिन जस्ता रसायनहरू भेटिएका छन् । संकलित १८ वटा नमुना यति खराब थिए कि खान लायकै थिएनन् । रिपोर्ट आएलगत्तै सरकारले तुरुन्तै विस्तृत अनुसन्धान गर्न आदेश दिएको छ ।

के भने कर्नाटकका स्वास्थ्यमन्त्रीले ?

कर्नाटकका स्वास्थ्य मन्त्री दिनेश राव गुण्डुले यस विषयमा स्वास्थ्य विभागले उचित कारबाही गर्ने बताएका छन् । जनताको स्वास्थ्यसँग खेलबाड गर्न नदिइने भन्दै उनले विभागका अधिकारीहरूलाई सडकमा बेचिने पानी पुरीको नियमित रूपमा जाँच गर्न आदेश दिएका छन् । सरसफाइमा ध्यान दिइएको छ र रंगका लागि केमिकलको प्रयोग गरिएको छैन भन्ने कुरा सुनिश्चित गर्न भनिएको छ ।

गहन छानबिन हुँदै

कृत्रिम रंगको प्रयोगका कारण यस अघि नै गोबी मन्चुरियन, कबाब र कपास क्यान्डीको उत्पादनमा प्रतिबन्ध लगाइएको स्वास्थ्यमन्त्रीले बताएका छन् । आफूहरूले परीक्षणका लागि नमुना पठाएको अनि पूरै छानबिन भइरहेको पनि उनले बताएका छन् । ल्याबबाट नमुनाको रिपोर्ट आएपछि उपयुक्त कारबाही गरिने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप