शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

ओस्कार विजेता लेखक रोबर्ट टाउनको निधन

बुधबार, १९ असार २०८१, १४ : ५२
बुधबार, १९ असार २०८१

लस एञ्जलस । ओस्कार विजेता लेखक रोबर्ट टाउनको ८९ वर्षको उमेरमा निधन भएको छ । रोबर्टको चाइनाटाउनले ओस्कर पुरस्कार पाएको थियो । 

उनको द लास्ट डिटेल, स्याम्पू र ग्रेस्ट्रोक पनि ओस्कारका लागि मनोनीत भएका थिए । उनले धेरै वर्षसम्म हलिउडमा पटकथा लेखकको रूपमा काम गरेका थिए । टाउनको लस एन्जलसस्थित आफ्नै घरमा निधन भएको बताइएको छ । उनको निधनको खबरले उनका फ्यानहरू निकै दुःखी बनेका छन् ।

रोबर्टका प्रचारक क्यारी म्याकक्लुरले बुधबार बिहान यो जानकारी दिएका हुन् । यद्यपि उनले रोबर्ट टाउनको मृत्युको कारण भने खुलाएका छैनन् । रोबर्ट टाउन हलिउडका प्रतिष्ठित लेखकहरू मध्येमा पर्दछन् । चाइनाटाउनका लागि उनलाई ओस्कार अवार्डबाट सम्मानित गरिएको थियो । यसबाहेक उनलाई सन् १९९७ मा राइटर्स गिल्ड अफ अमेरिकाद्वारा लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको थियो ।

ओस्कर बाहेक रोबर्टलाई बाफ्टा, गोल्डेन ग्लोब अवार्ड र डब्लुजीए अवार्डबाट सम्मानित गरिएको छ । सन् १९६० को दशकमा सुरु भएको लामो करियरको अवधिमा उनले चलचित्र निर्देशक रोजर कर्मनका लागि अभिनेता र लेखकको रूपमा काम गरेपछि रोबर्ट फिल्म इतिहासमा सबैभन्दा धेरै खोजिने पटकथा लेखकहरू मध्ये एक बने । 

सन् १९७० को दशकमा १४ महिनाको अन्तरालमा रोबर्टका तीन महत्त्वपूर्ण र व्यावसायिक हिट्स द लास्ट डिटेल, चाइनाटाउन र स्याम्पू रिलीज भयो । यी तीनवटै चलचित्रको स्क्रिप्ट ओस्करको मनोनयनमा पर्‍यो  । यसमध्ये चाइनाटाउनका लागि उनले ओस्कार पाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप