शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय
युरो २०२४

तथ्याङ्कमा युरो २०२४ : क्वार्टरफाइनलअघि १ सय गोल पूरा, गोल्डन बुटको रेसमा को–को ?

बुधबार, १९ असार २०८१, १४ : १७
बुधबार, १९ असार २०८१

काठमाडौँ । जर्मनीमा जारी युरो २०२४ को प्रि–क्वार्टरफाइनल खेलहरू सकिएको छ । शुक्रबारदेखि सुरु हुने क्वार्टरफाइनलको समीकरण पूरा भएको छ ।

क्वार्टरफाइलमा स्पेन र आयोजक जर्मनी, पोर्चुगल र फ्रान्स, इंग्ल्यान्ड र स्विटजरल्यान्ड तथा नेदरल्यान्ड्स र टर्की आमनेसामने हुनेछन् । 

Untitled-1

यूईएफका अनुसार समूह चरण र अन्तिम १६ का खेलहरू सकिँदासम्म प्रतियोगितामा कूल १ सय गोल भएका छन् । प्रति खेल २.२८ गोलको औसतले प्रतियोगितामा गोलहरू भइरहेका छन् । 

तथ्यांकअनुसार सबैभन्दा बढी १६–३० मिनेटभित्र २० गोल भएका छन् । त्यस्तै, ४६–६० मिनेटमा १६ गोल भएका छन् । पहिलो १५ मिनेटभित्र र ६१–७५ मिनेटभित्र १४–१४ गोल भएका छन् । 

यसैगरी ७६ देखि ९० र ९० मिनेटपछि इन्जुरी समयमा १२–१२ गोल भएका छन् । ३१ देखि ४५ मिनेटको अन्तरालमा ८ तथा ४५ मिनेटपछि थप समयमा ३ गोल भएका छन् ।

  • तथ्याङ्कमा टोलीको प्रदर्शन

टोलीको तथ्याङ्कको कुरा गर्ने हो भने हालसम्म स्पेनले मात्र शत प्रतिशत नतिजा कायम राख्न सकेको छ । टोलीले हालसम्म खेलेका चारवटै खेलमा जित हासिल गरेको छ । त्यसपछि जर्मनीले ३ खेलमा जीत र एकमा बराबरी खेलेको छ । टर्कीले ३ खेलमा जित र एकमा हार बेहोरेको छ ।

सबैभन्दा धेरै गोल गर्ने टोलीमा जर्मनी रहेको छ । जर्मनीले हालसम्म १० गोल गरिसकेको छ । दोस्रो स्थानमा रहेको स्पेनको ९ गोल रहेको छ ।

धेरै गोल गर्ने टोलीको तेस्रो स्थानमा चार टोली छन् । नेदरल्यान्ड्स, स्विटजरल्यान्ड, टर्की र अस्ट्रियाले ७–७ गोल गरेको तथ्याङ्कमा उल्लेख छ ।

सबैभन्दा धेरै क्लिन सिट राख्ने टोलीमा फ्रान्स र स्पेन रहेका छन् । दुवै टोलीले ३–३ पटक क्लिन सिट राखेका छन् । सबैभन्दा धेरै बलमा नियन्त्रण राख्ने टोलीमा पोर्चुगल रहेको छ । पोर्चुगलले ६५.२ प्रतिशत बलमा नियन्त्रण राख्न सफल भएको छ ।

सटिक पास गर्ने टोलीमा जर्मनी छ । जर्मनीको ‘पासिङ एकुरेसी’ ९२.२ प्रतिशत छ ।

  • तथ्याङ्कमा खेलाडीको प्रदर्शन

हालसम्म प्रतियोगितामा चार खेलाडीले सर्वाधिक ३–३ गोल गरेका छन् । यसमध्ये जर्जियाका जर्जेस मिकाउटजाडे र स्लोभाकियाका इभान स्ह्रान्ज प्रतियोगिताबाट बाहिरिइसकेका छन् । हाल गोल्डन बुटको दौडमा जर्मनीमा जमाल मुसियाल र नेदरल्यान्ड्सको कोडी गाक्पो शीर्ष स्थानमा छन् ।

Jamal-Musiala-Euro-2024-2-1024x576

आठ जना खेलाडीले हालसम्म दुई–दुई गोल गरेका छन् ।  नेदरल्यान्ड्सका डोनयेल मालेन, रोमानियाका राजभान मरिन, इंग्ल्यान्डको जुड बेलिङह्याम, जर्मनीका निकलास फुलक्रुग, जर्मनीकै काई हाभर्टज, टर्कीका मिरह डेमिरल, इंग्ल्यान्डका ह्यारी केन र स्पेनका फाबियान रुइजले २–२ गोल गरेका छन् ।

यसैगरी गोलको अवसर सिर्जना गर्ने (एसिस्ट) दिने मामिलामा १० जना खेलाडी शीर्ष स्थानमा छन् । सबैले २–२ वटा एसिस्ट गरेका छन् ।

yamal

यसमा स्पेनका लामिन यामल र फाबियन रुइज, रोमानियाका डेनिस म्यान, नेदरल्यान्ड्सका ज्याभी सिमन्स र नाथन आके, स्विटजरल्यान्डका मिकेल अबेइस्चर र रेमो फ्रेउलर, स्लोभाकियाका जुराज कुक्का, अस्ट्रियाका अलेक्सान्डर फ्रास र क्रोएसियाका एन्डे बडिमिर छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप