शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन कार्यदलमा सकारात्मक छलफल भयो : जनार्दन शर्मा

काठमाडौँ । संक्रमणाकालीन न्यायसम्बन्धी विषयमा सहमति खोज्न बनेको कार्यदलले शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउने विषयमा छलफल गरेको छ । बुधवार सिंहदरबारमा बसेको कार्यदलको बैठकले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने विषयमा सकारात्मक छलफल भएको कार्यदल सदस्य जनार्दन शर्माले बताए ।
आजको बैठकमा द्वन्द्वकालमा भएका घटनामा सँजाय र पीडितसँग सहमति लिने विषयमा सहमति नजिक भएको उनको दाबी छ । ‘कार्यदलको बैठक सकारात्मक भएको छ । बैठकमा सुझाएका विषय छन् । पीडितसँग सहमति लिने सन्दर्भ पनि छ । कस्ता खालको मुद्दालाई कसरी परिभाषित गर्ने भन्ने छ । केही टुङ्ग्यायौँ केही बाँकी छ’, बैठकपछि सञ्चारकर्मीसँग शर्माले भने ।
कार्यदलका अर्का सदस्य रमेश लेखकले पनि बैठक सकारात्मक भएको बताए । टीआरसीमा देखिएका मुद्दाहरूलाई सहमति खोज्न कांग्रेस, एमाले र माओवादीबाट तीन सदस्यीय कार्यदल गठन भएको थियो । कार्यदलमा माओवादीबाट शर्मासहित, कांग्रेसका लेखक र एमालेबाट महेश बर्तौला रहेका छन् । कार्यदल गठन भएपछि पहिलोपटक बैठक बसेको हो । अर्को बैठक छिट्टै बस्ने शर्माले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुरस्कार स्थापना गर्ने प्रथम नेपाली महिला रानी जगदम्बा
-
दिल्लीको लगातार तेस्रो जित, चेन्नईको लगातार तेस्रो हार
-
अमेरिकासँग समान स्तरमा वार्ता गर्न इरान इच्छुकः राष्ट्रपति
-
एनएसएल हेर्न विश्वकप विजेता फुटबलर रोबर्टो कार्लोस नेपाल आउँदै
-
सेतो मछिन्द्रनाथको रथ जात्रा सुरु
-
चैत २५ भित्र सदस्य नबने एनआरएनएको एकता महाधिवेशनमा प्रतिनिधि बन्न नपाइने