शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

चिया तथा कफी बोर्डको निर्देशक नियुक्तिको अन्तर्वार्ता स्थगन

बुधबार, १९ असार २०८१, १३ : ५०
बुधबार, १९ असार २०८१

काठमाडौँ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको कार्यकारी निर्देशक पदमा नियुक्तिको लागि प्रस्तुतीकरण र अन्तर्वार्ता स्थगन भएको छ । 

दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण असार २० र अन्तर्वार्ता २१ गते तोकिएको थियो । तर अर्को सूचना नभएसम्मका लागि स्थगन गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सूचना जारी गरेको छ । सिफारिस समितिको मिति आजको निर्णय अनुसार अर्को सूचना नभएसम्मको लागि स्थगन गरिएको हो । 

यसअघि निर्देशकका लागि ७ जनाको नाम सिफारिस गरिएको थियो । एक नम्बरमा काठमाडौँ महानगरपालिका– १४, काठमाडौँका गौरव लुइँटेलको नाम सिफारिस गरिएको छ । दोस्रोमा काठमाडौँ महानगरपालिका– १०, काठमाडौँका नवराज सापकोटाको नाम सिफारिस गरिएको छ । यस्तै, तेस्रोमा सुन्दर बजार–२, परेवाडाँडा, लमजुङका फाइन्द्र राज पाण्डेको नाम सिफारिस छ । चौथोमा तुलसीपुर उपमहानगरपालिका– १२, दाङका मनोज बस्नेतको नाम सिफारिस छ । 

यस्तै, पाँचौँमा चन्द्रागिरि नगरपालिका– ३, थानकोट, काठमाडौँका राजेन्द्र श्रेष्ठको नाम सिफारिस गरिएको छ । यस्तै, छैटौँमा सिरान्चोक गाउँपालिका ३ गोरखाका रामचन्द्र ढकालको नाम सिफारिस छ । यस्तै, सातौँमा भूमिकास्थान नगरपालिका –९, अर्घाखाँचीका डा. विष्णु प्रसाद भट्टराईको नाम सिफारिस गरिएको छ ।

नाम सिफारिस गरिएका उम्मेदवारलाई कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता अर्को सूचना नभएसम्मको लागि स्थगन गरिएको मन्त्रालयले जनाएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप