शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

अनैतिक क्रियाकलापमा संलग्न ४ जना पक्राउ

बुधबार, १९ असार २०८१, १३ : ४८
बुधबार, १९ असार २०८१

कैलाली । कैलालीमा अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा ४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले धनगढी उपमहानगरपालिका ७ मनोहरास्थित एक होटेलमा चेकजाँच गर्दा अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा ४ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बर्दियाको ठाकुरबाबा नगरपालिका १ का ४५ वर्षीय पुरुष, कञ्चनपुरको भिमदत्त नगरपालिका १० का ३२ वर्षीय पुरुष,  बाजुरा जिल्लाका २१ वर्षीय युवती र कैलालीको धनगढी उपमहानगरपालिका १८ बस्ने १८ वर्षीय एक किशोरी रहेका छन् । पक्राउ परेका सबैको नाम र ठेगाना प्रहरीले गोप्य राखेको छ ।

पक्राउ परेका चारै जनालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप