छुरा प्रहारबाट घाइते युवा सङ्घका नेताको मृत्यु

बुटवल। राष्ट्रिय युवा सङ्घ नेपाल रुपन्देहीका पूर्व सदस्य रवि थापाको छुरा प्रहारबाट मृत्यु भएको छ । एक समूहको छुरा प्रहारबाट घाइते भएका बुटवल–७, निवासी ३६ वर्षीय उनको उपचारका क्रममा मंगलबार मृत्यु भएको हो । उनीमाथि गत जेठ २ गते बुटवल कालिकानगरस्थित एक रेस्टुरेन्टमा छुरा प्रहार भएको थियो ।
युवा सङ्घ रुपन्देहीका अध्यक्ष विकासजंग बस्नेतले थापाको निधनले सङ्गठनलाई पीडा बोध भएको बताउँदै घटनामा संलग्नलाई कानुनी कारबाहीका लागि प्रहरीसमक्ष ध्यानाकर्षण गराइएको बताए ।
रेस्टुरेन्टमा रहेको सिसिटिभी क्यामेरामा घटनाको विवरण कैद भई अपराधीको पहिचान समेत खुलिसकेको अवस्थामा पनि हालसम्म उनीहरू पक्राउ नगरिएको युवा सङ्घको गुनासो छ ।
इलाका प्रहरी कार्यालयका बुटवलका डिएसपी विजयराज पण्डितले घटनाका बारेमा अनुसन्धान भइरहेको बताए।उनले घटनाक्रम सुक्ष्म रुपमा अनुसन्धान भए पनि अझैसम्म नियन्त्रणमा कसैलाई नलिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?
-
तीनकुने घटनामा भएको प्रेस स्वतन्त्रता हनन्का सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग
-
दुर्गा प्रसाईंलाई बिनासर्त तत्काल रिहाइ गर्न माग
-
भूकम्पपछि अस्थायी आश्रयस्थलमा राखिएको सेतो मछिन्द्रनाथको मूर्ति पुनःस्थापना (तस्बिरहरु)
-
हिउँदै बाली भित्र्याउँदा यी विषयमा ध्यान दिन आग्रह
-
९ अर्ब ५५ करोड नाफामा नेपाल आयल निगम