शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

हाथरस पुगे मुख्यमन्त्री योगी, भागदौडका घाइतेसँग भेटघाट

बुधबार, १९ असार २०८१, १३ : १५
बुधबार, १९ असार २०८१

उत्तर प्रदेश । भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथ हाथरस पुगेका छन् । मङ्गलवार यहाँ आयोजित एउटा सत्संगमा भागदौड हुँदा १२१ जनाको मृत्यु भएको थियो । सो घटनामा कयौँ बेपत्ता भएका छन् । 

योगीले हाथरसको सरकारी अस्पतालमा भर्ना भएका घाइतेलाई भेटेका छन् । उनले हाथरस प्रहरीसँग बैठक गर्दै स्थितिको समीक्षा पनि गरे । भागदौड नारायण साकार उर्फ भोले बाबाको सत्संगमा भएको हो । सत्संग अलिगढलाई एटासँग जोड्ने राष्ट्रिय राजमार्ग ३४ मा रहेको सिकन्दरराव शहरबाट करिब चार किलोमिटर टाढा फुलराई गाउँमा आयोजना गरिएको थियो ।

सत्संगका लागि अनुमति माग्ने क्रममा आयोजकहरूले प्रशासनलाई करिब ८० हजार मानिस सहभागी हुने बताएका थिए । तर यहाँ आउनेको सङ्ख्या एक लाखदेखि डेढ लाख रहेको अनुमान गरिएको छ ।

प्रत्यक्षदर्शी तथा भक्तजनका अनुसार सत्संग सकिएपछि यहाँ आएका भक्तजनहरूबिच बाबाको चरणको धुलो लिन प्रतिस्पर्धा चल्दा भाग दौड भएको थियो । मुख्यमन्त्री योगीले मृतकका परिवारलाई २ लाख र घाइतेलाई ५० हजार आर्थिक सहायताको घोषणा गरेका छन् ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप