‘ऊनको स्विटर’ छायाङ्कनमा विपिनको प्रेसर हाई भएपछि ...

काठमाडौँ । अभिनेता विपिन कार्की अस्वस्थ भएका छन् । पाँचथरको साधुटारमा फिल्म ‘ऊनको स्विटर’ छायाङ्कनका क्रममा उनी बिरामी परेका हुन् । विपिनलाई उच्च रक्तचाप (ब्लड प्रेसर हाई) को समस्या देखिएको हो ।
ब्लड प्रेसरको समस्या देखिएपछि छायाङ्कन रोकेर उनलाई उपचारका लागि सोमबार काठमाडौँ ल्याइएको हो । काठमाडौँमा उनले चिकित्सकको परामर्शमा उपचार गरिरहेका छन् ।
सुटिङ सेटमा विपिनलाई उच्च प्रेसर देखियो । केही समय रेष्ट गर्दा पनि घट्दै घटेन । त्यसपछि ठुलो समस्या निम्तिन नदिन उनलाई काठमाडौँ पठाइएको फिल्मका निर्देशक नवीन चौहानले बताए । ‘विगत ५ सात दिनदेखि नै विपिनमा समस्या देखिएको थियो’, चौहानले भने– ‘ठुलो समस्या निम्तिन नदिन हामीले काठमाडौँ पठायौँ ।’ विपिनलाई काठमाडौँ पठाए पनि फिल्मको सुटिङ भने चलिरहेको निर्देशक चौहानको भनाई छ ।
स्वास्थ्य अवस्थाको विषयमा अभिनेता विपिनसँग बुझ्न खोज्दा उनको सम्पर्क हुन सकेन । फिल्मको सुटिङमा विपिन १० दिन अगाडि नियुक्त भएका थिए । फिल्मको अहिले ५० प्रतिशत छायाङ्कन सकिएको छ ।
कार्की केही अगाडि मात्र अमेरिकामा ‘तेल भिसा’ फिल्मको छायाङ्कन पूरा गरेर स्वदेश फर्किएका हुन् । अमेरिकाबाट फर्किएलगत्तै उनी ‘ऊनको स्विटर’ को टिमसँंग जोडिएका थिए । ‘ऊनको स्विटर’ मा अभिनेता कार्कीको अलवा अभिनेत्री मिरुना मगरको पनि मुख्य भूमिका रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक बस्दै, प्रचण्डले सम्बोधन गर्ने
-
पोखरा–मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति
-
अमेरिकी डलरको मूल्य बढ्यो, यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
-
मङ्गलबार कसलाई कति लाभ ? हेरौँ राशिफल
-
स्पेनिस ला लिगामा इस्पानियोल र गिरोनाले बराबरी खेले
-
देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव, यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना