शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

टोखामा गरगहना तथा नगद चोरी

बुधबार, १९ असार २०८१, १२ : ४९
बुधबार, १९ असार २०८१

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिकामा गत राति चोरी भएको छ । टोखा नगरपालिका-९ गोङ्गबु म्याग्दी चोक डेरा बस्ने तनहुँ ब्यास नगरपालिका-१४ घर भएका २७ वर्षीय सुजल विकको कोठामा चोरी भएको हो । 

सुन र चाँदीका विभिन्न गरगहना तथा नगद समेत गरी करिब ६ लाख ७२ हजार रुपैयाँ बराबरको धनमाल गए राति चोरी भएको प्रहरीले जनाएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप