शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

रणवीर सिंहको ‘अपरिचित’को हिन्दी रिमेक सुरु हुनु अघि नै होल्डमा

बुधबार, १९ असार २०८१, १२ : २०
बुधबार, १९ असार २०८१

नयाँ दिल्ली । रकी और रानी की प्रेम कहानीबाट सफल पुनरागमन गरेका अभिनेता रणवीर सिंहका फ्यानहरू उनको अर्को फिल्म कहिले हलमा आउँछ भनेर कुरिरहेका छन् । उनको फिल्म हेर्न अझै लामो प्रतीक्षा गर्नु पर्ने देखिएको छ । रणवीरका कयौँ फिल्महरू सुरु हुनुअघि नै रोकिएका छन् । तीनै फिल्ममध्ये एक दक्षिण भारतीय सिनेमा उद्योगका निर्देशक एस शंकरको ब्लकबस्टर फिल्म अपरिचतको हिन्दी रिमेक हो ।

अफवाहका अनुसार ब्लकबष्टर फिल्म हनुमान निर्देशक प्रशान्त बर्माको साथमा बन्न लागेको यो फिल्म सुरु हुनुअघि नै रोकिएको छ । हालै पिंकभिलालाई दिएको अन्तरवार्तामा एस. शंकरले अफवाहबारे मौनता तोडेका छन् । 

रणवीर सिंहसँग अपरिचितको रिमेकको लागि प्रारम्भिक योजनाहरू पुष्टि गर्दै, उनले यो परियोजना हाल होल्डमा रहेको खुलासा गरेका छन् । यतिबेला शंकर आफ्ना आगामी फिल्महरू गेम चेन्जर र इन्डियन २ को प्रमोसनमा व्यस्त छन् । निर्देशकले पनि यी दुई फिल्मको रिलिजपछि अपरिचितबारे फेरि विचार गर्ने इच्छा देखाएको उनको भनाइ छ ।

आफूहरूले अपरिचित हिन्दीमा बनाउने योजना बनाएको तर सोको घोषणा पछि कयौँ फिल्म आएको अनि निर्माताहरूले यसलाई अपरिचितभन्दा पनि ठुलो फिल्म बनाउन चाहेकोले यसलाई होल्डमा राखिएको उनले बताए ।

गेम चेन्जर र इन्डियन २ रिलिज भएपछि अपरिचितमा कसरी अगाडि बढाउने भन्ने निक्र्यौल गरिने बताइएको छ । कामको कुरा गर्नुु पर्दा रणवीर चाँडै रोहित शेट्टीको फिल्म सिंघम अगेनमा शिम्बा अवतारमा देखिँदैछन् । यो फिल्ममा अजय देवगनको साथमा अक्षय कुमार र दीपिका पादुकोण पनि छन् । यसबाहेक उनी फरहान अख्तरको डन ३ मा कियारा आडवाणीसँग देखिनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप