रास्वपा बैठकमा महामन्त्री ढकाललाई प्रतिवेदन पेस गर्न सभापति लामिछानेको रोक
बुधबार, १९ असार २०८१, १२ : ०९

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले महामन्त्री मुकुल ढकाललाई केन्द्रीय समिति बैठकमा समीक्षा प्रतिवेदन पेस गर्न रोक्न लगाएका छन् । बुधबार बिहान पार्टी कार्यालय वनस्थलीमा बसेको बैठकमा महामन्त्री ढकालले लिखित प्रस्ताव पेस गर्न खोजेका थिए ।
‘समीक्षा प्रतिवेदनका आधारमा पार्टी महामन्त्रीको तर्फबाट प्रस्ताव पेस गर्न हिजो सचिवालयको बैठकमा अनुमति दिएको थियो तर लिखित प्रस्ताव तयार पारिए पनि पेस गर्ने अनुमति सभापतिले दिनु भएन,’ महामन्त्री ढकालले भने ।
उनका अनुसार प्रतिवेदनका आधारमा तयार गरिएको प्रस्तावमा पार्टीलाई रविको पार्टी नभएर राष्ट्रिय स्वतन्त्र पार्टी बनाउनु पर्ने कुरा उल्लेख छ ।