चुनावी अभियानको रकम सङ्कलनमा बाइडेनमाथि ट्रम्प भारी

वासिङ्टन डीसी । गएको हप्ता अमेरिकामा राष्ट्रपति निर्वाचनको पहिलो बहस भएको थियो । सो बहसमा वर्तमान राष्ट्रपति जो बाइडेनमाथि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प निकै भारी देखिए । अब फेरि अर्को कुरामा पनि ट्रम्पले बाइडेनलाई उछिनेका छन् ।
ट्रम्पको चुनाव प्रचार प्रसार अभियान टोलीले यस वर्षको दोस्रो त्रैमासमा बाइडेनको भन्दा ६ करोड ७० लाख डलर बढी रकम जुटाएको छ । अप्रिल–जुन त्रैमासमा ट्रम्पको टोलीले ३३ करोड १० लाख डलर उठाउन सक्यो । सोही अवधिमा बाइडेनको टोलीले २६ करोड ४० लाख डलर मात्रै जुटायो ।
बहसमा खराब प्रदर्शनको नतिजा
अमेरिकामा आगामी नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचन हुँदै छ । निर्वाचनमा रिपब्लिकन पार्टीका तर्फबाट डोनाल्ड ट्रम्प र डेमोक्र्याट पार्टीका तर्फबाट जो बाइडेन सम्भावित उम्मेदवार हुन् । छिट्टै दुवै पक्षको सम्मेलनमा ट्रम्प र बाइडेनको नाम टुङ्गो लाग्न सक्छ ।
एट्लान्टामा भएको पहिलो बहसले रकम सङ्कलन अभियानमा निकै असर गरेको देखिएको छ । बहसपछि ट्रम्पको टोलीले १२ करोड ७० लाख डलर उठाउन सफल भएको छ । तर बाइडेनको टोलीले मात्र ३ करोड ८० लाख डलर मात्रै उठाउन सक्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्य र न्यायका लागि पार्टीको सदस्यता त्याग्न शिक्षकहरूलाई पूर्व शिक्षामन्त्रीको आग्रह
-
आईपीएलमा आज : अब्बल प्रदर्शन गर्दै आएका दिल्ली र बेंगलुरु एकअर्कालाई हराउँदै पहिलो स्थानमा उक्लने धुनमा
-
पत्रकार कार्कीमाथि भएको घटनाप्रति महासङ्घको ध्यानाकर्षण
-
सीके र रेशमको एकता : मिलनमाथि नै आशंका, कतिञ्जेल टिक्ला ?
-
विद्युत आपूर्तिको अवस्था तथा औद्योगिक ग्राहकहरुको विद्युत कटौती विषयमा छलफल
-
घुसपैठ गरेको आरोपमा शिक्षकहरूले कुटे स्कुलका कार्यालय सहयोगी