शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

कांग्रेसद्वारा एमालेसँग भएको समझदारी अनुमोदन

बुधबार, १९ असार २०८१, ११ : ५१
बुधबार, १९ असार २०८१

काठमाडौँ । नेपाली कांग्रेसले नेकपा एमालेसँग आगामी सत्ता सहकार्यबारे भएको समझदारीलाई अनुमोदन गरेको छ । बुधबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कार्यसम्पादन समितिको बैठकले एमालेसँग भएको समझदारीलाई अनुमोदन गर्ने निर्णय गरेको प्रवक्ता प्रकाश शरण महतले जानकारी दिए । 

देशलाई सुशासन, स्थायित्व र आर्थिक समृद्धितर्फ लैजाने उद्देश्यका साथ पार्टीले एमालेसँग सहकार्य गरेको उल्लेख गर्दै उनले  यो मुद्दामा सहमत  अन्य  दललाई पनि गठबन्धनमा जोड्ने समझदारी बनेको जानकारी दिए । 

प्रचण्ड नेतृत्वको सरकारलाई विस्थापन गरेपछि नयाँ सरकारको नेृतत्व सुरुमा एमालेका अध्यक्ष केपी ओलीको रहने र दोस्रो चरणमा निर्वाचन सम्पन्न नभएसम्म सरकारको नेतृत्व देउवाले गर्ने मूल समझदारी भएको महतले जानकारी दिए । यो समझदारीलाई कांग्रेस बैठकले स्वागत पनि गरेको महतको भनाइ छ । 

यस्तै बैठकले पार्टी सभापतिले भ्रातृ संस्थाको सम्बन्धमा र निर्देशक समितिको सम्बन्धमा गरेको निर्णय पनि अनुमोदन गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप