सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

बाँदर नियन्त्रणको मागसहित किसानद्वारा प्रदर्शन

बुधबार, १९ असार २०८१, ११ : ३८
बुधबार, १९ असार २०८१

रौतहट । बाँदर नियन्त्रणको माग गर्दै रौतहटको गरुडा नगरपालिकाका किसानहरु आन्दोलित भएका छन् ।

बाँदरले बाली खाइदिने तथा बाली उत्पादन नै हुन नदिने भएपछि नियन्त्रणको माग गर्दै किसानले गरुडा बजारको मूल सडकमा प्रदर्शन गरेका हुन् । 

बाँदर नियन्त्रणका लागि  किसानहरुले मंगलवार गरुडा नगरपालिकामा ज्ञापनपत्र समेत बुझाएका थिए । 

स्थानीय नेता दीपक कुमार यादवको नेतृत्वमा भेला भएका किसानहरुले  मेयर कन्थमनी प्रसाद जयसवाललाई ज्ञापनपत्र बुझाएका हुन् ।

बाँदरले खेतबारीमा फल्दै गरेको मकै लगायतका बालीनाली मात्र होइन, मान्छे नभएको मौकामा घरभित्रै पसेर अन्नपात समेत नास गर्ने गरेको किसानले गुनासो गर्दै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप