बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले ५० अर्ब तरलता तान्दै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबार बजारबाट ५० अर्ब रुपैयाँ बराकरको तरलता प्रशोचन गर्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले निक्षेप सङ्कलन उपकरणमार्फत ५० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको हो ।
बुधबार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले २१ दिनका लागि ५० अर्ब तरलता प्रशोचन गर्न लागिएको जनाएको छ । यो रिभर्स रिपोको लामो अवधि हो । यसअघि ७ दिन र १४ दिनको रिभर्स रिपो जारी गर्दै आएको केन्द्रीय बैंकले बुधबार २१ दिन लामो रिभर्स रिपो जारी गर्न लागेको हो ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले निक्षेप सङ्कलन उपकरणमार्फत निरन्तर तरलता प्रशोचन गर्दै आएको छ ।
असार १६ गतेसम्ममा बैंक तथा वित्तीय संस्थाहरूले कूल ६३ खर्ब ३५ अर्ब निक्षेप सङ्कलन गर्दै यता ५१ खर्ब ४९ अर्ब रुपैयाँ मात्र कर्जा लगानी गरेका छन् ।
समीक्षा अवधिमा ७९.१८ प्रतिशत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) कायम गरेका बैंकहरुसँग हाल ६ खर्बभन्दा बढी लगानीयोग्य रकम रहेको छ ।
बैंकहरुसँग पर्याप्त तरलता रहेकैले अन्तर बैंक ब्याजदर ३ प्रतिशतमा झरेको छ भने ट्रेजरी बिलको ब्याजदर समेत अधिकतम ३.१९ प्रतिशतमा खुम्चिएको छ ।
जसले गर्दा पनि केन्द्रीय बैंकले पछिल्ला दिनहरूमा रिभर्स रिपो अर्थात् निक्षेप सङ्कलन उपकरणमार्फत लगातार बैंकिङ प्रणालीमार्फत तरलता प्रशोचन गरिरहेको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले निक्षेप सङ्कलन पत्र खरिद गर्न सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नगरकोट भ्रमण वर्ष भोलिदेखि
-
वालिङ-हुवास सडक धमाधम कालोपत्र हुँदै
-
विपिन जोशीको सकुशल रिहाइका निम्ति सहजीकरण गर्न कतारसमक्ष पुनः आग्रह
-
हाम्रो भविष्य पछाडि फर्केर होइन अगाडि बढेर उज्यालो बन्छ : प्रचण्ड
-
१० बजे १० समाचार : तीनकुने घटनाबारे बोले ज्ञानेन्द्र, रविको मुद्दामा कैफियत प्रतिवेदन माग्यो सर्वोच्चले
-
नयाँ वर्षको शुभकामना दिँदै प्रचण्डले भने, ‘सरकारले दलाल र विचौलियाको पक्षमा निर्णय लिँदा जनआक्रोश बढ्यो’