अनन्त–राधिकाको बिहेमा गीत गाउन आउँछिन् अडेल ?

नयाँ दिल्ली । भारतीय खर्बपति व्यापारी मुकेश अम्बानीका कान्छा छोरा अनन्त अम्बानी र राधिका मर्चेन्टको बिहेको चर्चा गएको वर्षदेखि नै भइरहेको छ । मार्चमा यी दुईको पहिलो प्रि–वेडिङ कार्यक्रम भएको थियो । जुनमा पनि केही दिन दोस्रो प्रि–वेडिङ कार्यक्रम चल्यो ।
यी दुबै कार्यक्रममा बलिउडदेखि हलिउडसम्मका चर्चित सेलिब्रेटीहरू आएका थिए । अब जुलाई १२ मा अनन्त र राधिकाको बिहे हुँदैछ । छोरोको बिहे अघि मुकेश र नीता अम्बानीले जुलाई २ मा नवी मुम्बईमा ५० गरिब जोडीको बिहे गराएका थिए ।
यसैबीच अनन्त र राधिकाको बिहेसम्बन्धी अन्य जानकारीहरू पनि आइरहेका छन् । स्रोतका अनुसार अनन्त र राधिकाको बिहेमा चर्चित ¥यापर र गायक डे«कले पर्फम गर्न लागेको भन्दै इन्डिया टुडे र आजतकले समाचार छापेका छन् । उनी छिट्टै भारतमा आउने बताइएको छ । स्रोतका अनुसार डे«क बाहेक अन्य विदेशी कलाकारसँग पनि अम्बानी परिवारको म्यानेजमेन्ट टिमले कुराकानी गरिरहेको छ । जानकारीका अनुसार अमेरिकी गायिका लाना डेल रे र ब्रिटिश पप गायिका अडेल पनि यो सूचीमा छन् ।
राधिका लाना डेल रेको ठूलो फ्यान भएको बताइएको छ । मिति र पारिश्रमीकबारे यी कलाकारहरूसँग कुराकानी भरहेको छ । अनन्त र राधिकाको बिहे मुम्बईको जियो वल्र्ड सेन्टरमा यही जुलाई १२ देखि १४ सम्म चल्दैछ । बिहेको कार्ड यस अघि नै सामाजिक सञ्जालमा भाइरल भएको छ । यी दुईको प्रि–वेडिङ कार्यक्रममा हलिउडकी गायिका रिहाना, द ब्याकस्ट्रीट ब्वाइज, पिटबुल र इटालियन ओपेरा सिंगर एन्ड्री बोसेलीले पर्फम गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिनाधितोको ऋणमा विश्वासघातः नबिल बैंकद्वारा ऋण नतिर्ने ७४ जनाको नाम सार्वजनिक (सूचीसहित)
-
महाशिवरात्रिमा पाँच फिल्म : कुनै घोषणा, कुनै फ्लोरमा
-
‘बाहिनीपति कप–२०८१’ को उपाधि इलामलाई
-
नेपालमै पढ्न चाहने केआईआईटीमा अध्ययनरत विद्यार्थीलाई आवेदन दिन आह्वान
-
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : तस्बिरमा हेर्नुहोस् पुरस्कार वितरण कार्यक्रम
-
६०० जनाभन्दा बढीको सहभागितामा त्रिदेशीय पर्यटन प्रदर्शनी सम्पन्न