शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

डिमेन्सियाको सिकार भएका हुन् बाइडेन ?

बुधबार, १९ असार २०८१, १० : ४७
बुधबार, १९ असार २०८१

वाशिङ्टन डीसी । अमेरिकी राष्ट्रपति जो बाइडेन डिमेन्सिया (बिर्सने रोग)को सिकार भएको र मूलधारको सञ्चारमाध्यमहरूमाथि सारा देशबासीसँग यो तथ्य लुकाएको आरोप लागेको राजनीतिक टिप्पणीकार र लेखक टकर कार्लसनले दाबी गरेका छन् । 

डेमोक्रेटहरूले छिटै बाइडेनको ठाउँमा कमला ह्यारिसलाई राष्ट्रपतिको उम्मेदवार बनाउन सक्ने दाबी फक्स न्यूजका पूर्व होष्ट कार्लसनले गरेका छन् । अटलान्टामा भएको राष्ट्रपतिको पहिलो बहसको केही दिनपछि कार्लसनको यो दाबी आएको हो ।

सो बहसमा बाइडेनको प्रदर्शन निकै खराब रहेको थियो । सीएनएनमा पत्रकारका रुपमा आएको केही डेमोक्रेट कार्यकर्ताहरूले बाइडेनलाई डिमेन्सिया छ भनेर लुकाउन लागि परेको सिड्नी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा कार्लसनले भनेका हुन् । 

अमेरिकी सञ्चार माध्यमहरूले हामीले भर्खरै यसबारे थाहा पाएको जस्तो व्यवहार गर्नु अचम्मित पार्ने खालको भएको उनको भनाई छ । ‘कि त उनीहरू मूर्ख हुन्, कि झुटा हुन्, कि बेइमान हुन्, कि त उनीहरूले तपाईँहरूसँग कुरा लुकाइरहेका छन् ।’ सीएनएनसमेत अन्य मुख्य सञ्चार माध्यमको आलोचना गर्दै कार्लसनले भने ।

डेमोक्रेटिक दलका केही मुख्य नेताहरूले राष्ट्रपतिको मानसिक सन्तुलन ठिक नभएको सुझाव दिइरहेको र उनलाई राष्ट्रपतिको दौडबाट हटाउन सकिने दाबी पनि कार्लसनले गरेका छन् । ११ जुलाईमा पूर्व अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई हश मनी मुद्दामा सजाय सुनाइँदैछ । बाइडेनलाई राष्ट्रपतिको उम्मेदवार राखिनु हुन्न भन्ने सुझाव पार्टीभित्रैबाट आउन लागेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप