शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

वैदेशिक रोजगारीमा गएकालाई असार २७ देखि रिलायन्सको आईपीओ

बुधबार, १९ असार २०८१, १० : २८
बुधबार, १९ असार २०८१

काठमाडौँ । रिलायन्स स्पिनिङ मिल्सले वैदेशिक रोजगारीमा गएकालाई असार २७ देखि साधारण सेयर (आईपीओ) बिक्री खुलाउने भएको छ । बुक विल्डिङमार्फत बिक्री खुलाइने आईपीओको मूल्य प्रतिकित्ता ८२०.८० रुपैयाँ पर्नेछ । रिलायन्स स्पिनिङ मिल्स उत्पादनमूलक उद्योगकारुपमा विराटनगरमा धागो उत्पादन गरिरहेको उद्योग हो ।

धितोपत्र बोर्डले लामो समयदेखि आईपीओ बिक्रीको अनुमतिमा रहेको रिलायन्सको प्रक्रिया स्वीकृत गरेपछि यही असारदेखि बिक्री खुल्ने भएको हो । सर्वसाधारण र संस्थागत लगानीकर्ताका लागि कम्पनीले सेयर बिक्री गर्नेछ । त्यसअघि नेपाल सरकारबाट स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकालाई बिक्री गर्न लागेको हो ।

सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ । उद्योगले वैदेशिक रोजगारीमा रहेकाहरूलाई प्रतिकित्ता ८२०.८० रुपैयाँ पर्ने १ लाख १५ हजार ५९६ कित्ता सेयर बिक्री गर्नेछ । यो कूल बिक्री हुन लागेको सेयरको १० प्रतिशत हो । कम्पनीले सर्वसाधारणका लागि कूल ११ लाख ५५ हजार ९६० कित्ता सेयर बिक्री खुलाउनेछ ।

लगानीकर्ताले रिलायन्सको आईपीओमा न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्नेछ । उद्योगले विराटनगरमा धागो उत्पादन तथा प्रशोधन गर्दै स्वदेशी तथा विदेशी बजारमा बिक्री गर्दै आइरहेको छ । जसमा सबैभन्दा धेरै हिस्सा विदेशी बजारलाई ओगट्छ । रिलायन्सबाट उत्पादित धागो मुख्यगरी भारत र टर्की लगायतका देशमा जान्छ । लगानीकर्ताले आईपीओमा साउन १० गतेसम्म आवेदन दिन पाउनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप