शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

हाथरस सत्सङ्ग भागदौडमा मर्नेको सङ्ख्या १२४ पुग्यो

बुधबार, १९ असार २०८१, १० : १३
बुधबार, १९ असार २०८१

उत्तर प्रदेश । उत्तर प्रदेशको हाथरस जिल्लाको पुलराई गाउँमा मंगलबार एउटा सत्सङ्गमा भागदौडका क्रममा मर्नेको सङ्ख्या १२४ पुगेको छ । मृतकमध्ये ११६ जनाको पहिचान भइसकेको बताइएको छ । मृतकमा सात जना बच्चा र सयभन्दा धेरै महिला छन् । घाइतेहरूको उपचार चलिरहेको भएपनि सङ्ख्या थाहा हुन सकेको छैन ।

दिउँसो करिब डेढ बजे सत्सङ्गमा भागदौड भएको थिए । सत्सङ्ग गराउने नारायण साकार हरि उर्फ भोले बाबा अहिले बेपत्ता भएका छन् । उनको तीव्र खोजी भइरहेको छ । सत्सङ्ग आयोजकहरुविरुद्ध एफआईआर दर्ता गर्न लागिएको बताइएको छ  । यस घटनापछि मुख्यमन्त्री योगी आदित्यनाथले एउटा बैठक बोलाएका थिए । यस घटनाको दोषीलाई कठोर कारबाही गरिने योगीले बताएका छन् ।

जानकारीका अनुसार सो सत्सङ्गमा एक देखि डेढ लाख मानिसहरू सहभागी भएका थिए । सत्सङ्गका लागि ५०–६० बिगा खेतमा पन्डाल लगाइएको थियो । सत्सङ्ग सकिएपछि मानिसहरू सबै एकैचोटी बाहिर निस्कन थाले । बाहिर निस्कने गेट साँघुरो थियो । अनि बाटोमा नाली र आसपास हिलो पनि । यसैबिच भागदौड सुरु भयो । अनि एक माथि अर्को गर्दै मानिसहरू नालीमा खसे । यस घटनामा कयौँ घाइते भएको बताइएको छ ।

सत्सङ्ग सकिने बित्तिकै बाबाको कार निस्किदै थियो । उनको पाउ छुन मानिसहरू दौडिन थालेपछि भागदौड मच्चिएको अर्का एक प्रत्यक्षदर्शीले भनेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवार र घाइतेलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट क्रमशः २ लाख र ५० हजार भारु दिने घोषणा गरेका छन् । मुख्यमन्त्री योगीले पनि मृतकका परिवारलाई २ लाख र घाइतेलाई ५० हजार आर्थिक सहायताको घोषणा गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप