शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

काठमाडौँका दुई विद्यालयमा बालबालिका र वातावरण परियोजना सुरु

बुधबार, १९ असार २०८१, १० : ०९
बुधबार, १९ असार २०८१

काठमाडौँ । एकीकृत सहरी विकास केन्द्र र बोटलर्स नेपाल लिमिटेडले काठमाडौँको भित्री क्षेत्रका दुई सामुदायिक विद्यालयबाट बाबा (बालबालिका र वातावरण) परियोजना औपचारिक रूपमा सुरु गरेको छ । 

काठमाडौँ महानगरपालिका (कामनपा), सहरी योजना आयोग र विद्यालयका प्रतिनिधिहरूको उपस्थितिमा एक प्रारम्भिक कार्यशालाको आयोजना गरेर उक्त कार्यक्रमको उद्घाटन गरिएको थियो । काठमाडौँ महानगरपालिकाले यस परियोजनाद्वारा यहाँका सरकारी शैक्षिक संस्थाहरूलाई थप प्रभावकारी बनाउने र शिक्षाको गुणस्तर बढाउने परिकल्पना गरेको छ ।  

परियोजनामा सहभागी विद्यार्थीहरूलाई फोहोर व्यवस्थापन, रिसाइक्लिङ, पुनः प्रयोग, अप साइकलिङ, र फोहोरको वर्गीकरण जस्ता विविध विषयहरूको ज्ञान प्रदान गरिनेछ । उनीहरूलाई वातावरणीय समस्याहरू, वातावरण संरक्षणमा हाम्रो जिम्मेवारी जस्ता ज्ञान प्रदान गर्नु नै यस परियोजनाको मुख्य उद्देश्य हो । 

यो परियोजनालाई कामनपा वडा नं २२ मा रहेको हिमालय मावि र कामनपा वडा नं १२ मा रहेको श्री महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालयमा पूरक कार्यक्रमका रूपमा राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप