बेँसीसहर–चामे सडकको लमजुङ खण्ड सुचारु
बुधबार, १९ असार २०८१, ०९ : ५३

लमजुङ । अविरल वर्षाले विभिन्न ठाउँमा पहिरो जाँदा मङ्गलबार साँझदेखि अवरुद्ध बेँसीसहर–चामे सडकअन्तर्गत लमजुङ खण्ड सुचारु भएको छ । यस सडक खण्डअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–६ खरखरे र मस्र्याङ्दी गाउँपालिका–९ गोपालडाँडामा आएको पहिरो आज बिहानदेखि हटाएसँगै लमजुङ खण्ड सुचारु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी निरीक्षक थानेश्वर चपाईले उक्त स्थानको पहिरो हटाएर र अक्टोपस झरनामा पानी कम भएपछि सवारी साधन सञ्चालनमा आएको बताए । लमजुङ खण्डमा सडक सञ्चालन भए पनि मनाङ खण्ड भने अवरुद्ध भइरहेको छ ।
मङ्गलबार राति चामे गाउँपालिका–१ तिमाङ खोलाले काठेपुल बगाएपछि हालसम्म सवारी सञ्चालन हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम स्पोर्टस अवार्डको दुई विधाको मनोनयन सार्वजनिक
-
आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी विधेयक प्रतिनिधिसभामा प्रस्तुत
-
आर्थिक तथा व्यावसायिक वातावरण सुधारसम्बन्धी विधेयकमाथिका विरोधका सूचना बहुमतले अस्वीकृत
-
नामिबियासँग केही लागेन नेपालको, २३ रनले हार्यो
-
प्रतिनिधिसभामा गणपूरक सङ्ख्याबारे प्रश्न उठेपछि...
-
कर्मचारीको संख्या आधामा झार्दैछ अमेरिकी शिक्षा मन्त्रालय