जितका बाबजुद कोपा अमेरिकाको समूह चरणबाटै बाहिरियो कोष्टारिका

काठमाडौँ । कोष्टारिका कोपा अमेरिका २०२४ को समूह चरणको अन्तिम खेलमा विजयी भएको छ ।
बुधवार बिहान भएको खेलमा पाराग्वेलाई २–१ गोल अन्तरले पराजित गर्दै कोष्टारिकाले तालिकामा ४ अंक बनाए पनि तेस्रो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिन पुगेको हो ।
कोष्टारिकाको जितमा फ्रान्सिस्को काल्भो र जोसिमर अल्कोसेरले एक एकगोल गर्दा पाराग्वेका रामोन सोसाले एक गोल फर्काए । टेक्ससमा भएको खेलमा कोष्टारिकाले तेस्रो मिनेटमै अग्रता लिएको थियो । काल्भोले जोसेफ मोराको कर्नर पासमा हेडर गोल गर्दै अग्रता दिलाएका थिए ।
सातौँ मिनेटमा कोष्टारिकाले अग्रता दोब्बर बनायो । जेफरसन ब्रेनेसले बक्सबाहिरबाट दिएको पासमा जोसिमरले गोल गरेपछि सुरुमै २–० को अग्रता लियो ।
पहिलो हाफमा २ गोलको अग्रता लिएको कोष्टारिकाले दोस्रो हाफमा गोल थप्न नसके पनि १ गोल खान पुग्यो ।५५ औँ मिनेटमा पाराग्वेका माथियस विलसान्तीले दिएको पासमा रामोन सोसाले गोल गर्दै अग्रता २–१ मा झारेका थिए । तर, त्यसपछि लगातार प्रयास गरे पनि पाराग्वले थपगोल गर्न नसक्दा कोस्टारिका विजयी भए पनि अन्तिम ८ मा पुग्न पर्याप्त भएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध