शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

भारत लान लागिएका ९ गाईसहित तस्कर प्रहरीको नियन्त्रणमा

बुधबार, १९ असार २०८१, ०९ : ०४
बुधबार, १९ असार २०८१

रौतहट । रौतहट स्थित प्रहरी गस्ती टोलीले तस्करी मार्फत रौतहटबाट भारत तर्फ लागिरहेको ९ थान गाईसहित एकजना तस्करलाई पक्राउ गरेको छ।

विशेष सुराकीको आधारमा मंगलवार साँझ जिल्ला प्रहरी कार्यालय गौरबाट खटिएको गस्ती टोलीले  माधव नारायण नगरपालिका १ दिपहीबाट अवैध रूपमा गाई र बाछो भारत तर्फ लैजाँदै गरेको अवस्थामा देवाहीगोनाही नगरपालिका २ करुनिया टोलका शेख आबिद आलमलाई पक्राउ गरेको हो।

गाई ८ वटा र एक बाछोसहित पक्राउ परेका आबिद आलमलाई आवश्यक कारबाहीको लागी जिल्ला भन्सार कार्यालय  गौरमा दाखिला गरिएको  र मुख्य तस्कर गाई धनी फरार रहेकोले निजको खोज तलास भई रहेको  जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताइन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप