एकीकृत समाजवादीको महाधिवेशन : समूहगत छलफलको निष्कर्ष सुनाएर चुनावी प्रक्रिया थाल्ने

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको १० राष्ट्रिय महाधिवेशनमा विभिन्न दस्ताबेजमाथिको छलफल सकेर निर्वाचन प्रक्रिया थाल्ने तयारी भएको छ ।
अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता,झालनाथ खनाल, उपाध्यक्ष बेदुराम भुसाल र महासचिव घनश्याम भुसालले पेस गरेका विभिन्न प्रतिवेदनमाथि छलफल सकेर निर्वाचन प्रक्रियामा प्रवेश गर्ने नेता सोमप्रसाद पाण्डेले जानकारी दिए ।
असार १६ गतेबाट सुरु भएको महाधिवेशनको दोस्रो दिन असार १७ गते अध्यक्षको राजनीतिक, सम्मानित नेताको समाजवादी कार्यक्रम, उपाध्यक्षको सांगठानिक प्रतिवेदनहरू एउटै बनाएर पेस गरिएको थियो । ती प्रतिवेदनमाथि १२ समूह बनाएर छलफलपछि निष्कर्ष सुनाउने क्रम बुधबार बिहानैबाट सुरु भएको छ ।
‘प्रतिवेदनमाथिको निष्कर्ष सुनाएर आजै बेलुका निर्वाचन मण्डल घोषणा हुन्छ, त्यसपछि नेतृत्व छनोटका लागि काम सुरु हुन्छ’, नेता पाण्डेले भने, ‘अध्यक्ष, सम्मानित नेता र महासचिवमा लगभग सहमति जुट्ने क्रममा पुगेका छौ ।’
अध्यक्षमा माधव नेपाल दोहोरिन चाहिरहेका छन् भने महासचिव भुसालले उनलाई टक्कर दिने तयारी गरेका छन् । तर अधिकांश महाधिवेशन प्रतिनिधिहरू सर्वसहमत नेतृत्व छान्नुपर्ने भएकाले नेता नेपाल नै सर्वसम्मत अध्यक्ष चयन हुने सम्भावना बढेको नेताहरुले बताएका छन् । महाधिवेशनमा देशभरका १८ सय महाधिवेशन प्रतिनिधिहरू भाग लिन काठमाडौँ आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यावसायिक कफीखेतीमा जुट्दै हतुवागढीका किसान
-
सर्लाहीमा रेबिज भ्याक्सिनको चरम अभाव, बिरामीहरू महँगोमा निजी क्लिनिक जान बाध्य
-
वर्षमान र जनार्दनलाई दायाँबायाँ लगाएर मर्निङवाकमा प्रचण्ड
-
आजदेखि माओवादीको तराई–मधेस जनजागरण अभियान ः के–के हुँदैछ ?
-
पाकिस्तानको भविष्य तय गर्ने न्युजिल्याण्ड र बंगलादेशको भिडन्त आज
-
बागमती गोल्डकप : चर्च ब्वाइज र मच्छिन्द्र क्लब भिड्दै