टर्की र नेदरल्याण्ड्सको जितसँगै युरोकपको क्वाटरफाइनल समीकरण पूरा
![टर्की र नेदरल्याण्ड्सको जितसँगै युरोकपको क्वाटरफाइनल समीकरण पूरा](https://npcdn.ratopati.com/media/news/euro_L7CJvdsCzu.jpg)
काठमाडौँ । युरो कप २०२४ को क्वाटरफाइनल समीकरण पूरा भएको छ । मंगलबार राति भएका २ वटा खेलसँगै क्वाटरफाइनल समीकरण पूरा भएको हो ।
गएराति टर्कीले रोमानिया र नेदरल्याण्ड्सले अष्ट्रियालाई पराजितगर्दै अन्तिम ८ मा स्थान पक्का गरे ।जर्मनीको लाइप्जिङगमा मंगलबार राति अबेर सम्पन्न खेलमा अस्ट्रियामाथि २–१ गोलको रोमाञ्चक जित हासिल गर्दै टर्कीले अन्तिम आठमा स्थान पक्का गरेको हो ।
टर्कीको जितमा डिफेन्डर मरिह डेमीरालले दुवै गोल गरेका थिए । यता अस्ट्रियाका लागि माइकल ग्रेगोरिस्चले फर्काएको गोल सान्त्वनामा परिणत भयो ।
खेलको पहिलो मिनेटमै डेमिरलले गोल गर्पछि टर्कीले पहिलो सुरुमै अग्रता लिएको थियो । ५९औँ मिनेटमा पुनः डेमिरलले गोलगरेपछि टर्की खेलमा २–० ले अघि बढेको थियो । तर, ६६औंमिनेटमा माइकलले अस्ट्रियाका लागि गोल गरेपछि खेल २–१ को अबस्थामा ल्याए ।
त्यसपछि अष्ट्रियाले लगातार पोष्टमा आक्रमण गरे पनि अन्ततःगोल गर्न नसक्द्या टर्कीले २–१ को नतिजा आत्मसाथ गर्दा अस्ट्रिया भने अघि बढ्न सकेन ।
यस्तै, अर्को खेलमा नेदरल्याण्ड्सले रोमानियालाई ३–० गोल अन्तरले पराजित गरेको छ । एलियान्ज एरिनामा मंगलबार राति सम्पन्न खेलमाअन्तिम आठमा पुगेको हो ।
नेदरल्यान्ड्सका कोडी गाक्पोले खेलको २०औँ मिनेटमै गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । उनले जावीसिमोन्सको पासमा गोल गरे ।
६३औँ मिनेटमा उनले दोस्रो गोल गरेपनि भिडियो असिस्टेन रेफ्रीले अफसाइड देखाइदिँदा मान्यता पाउन सकेन । ८३औँ मिनेटमा उनकै पामा डोनिएल मालेनले गोल गर्दै नेदरल्यान्ड्सको अग्रता दोब्बर बनाए ।
दोस्रो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा उनले नै व्यक्तिगत दोस्रो र टोलीको लागि तेस्रो गोल गर्दे नेदरल्यान्ड्सलाई जित दिलाए ।
अब शुक्रबार र शनिबार क्वाटरफाइनलका खेलहरु हुने छन् । जसमा स्पेन र जर्मनी भिड्दा पोर्चुगल र फ्रान्स आमने सामने हुने छन् । यसैगरी इंग्ल्याण्ड र स्वीट्जरल्याण्ड भिड्दा अन्तिम क्वाटरफाइनलमा टर्की र नेदरल्याण्ड्सले प्रतिस्पर्धा गर्ने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सप्तरीमा रु चार अर्ब लगानीमा छवटा उद्योग खोलिदै
-
अदूरदर्शी पोखराका जनप्रतिनिधि : लामे आहालको म्याद सकियो, पोखराको फोहोर ५ दिनदेखि सडकमै
-
मुस्ताङको लुरी गुम्बा ओझेलमा
-
प्रतिनिधिसभा बैठक बस्दै, के-के छन् कार्यसूची ?
-
स्टील र आल्मुनियममा २५ प्रतिशत आयातकर लगाउने ट्रम्पको घोषणा, अस्ट्रेलियाप्रति नरम
-
दुनाटपरी व्यवसायबाट दैनिक तीन हजारसम्म आम्दानी