शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

विम्बल्डन : साबिक विजेता पहिलो राउण्डमै स्तब्ध

मङ्गलबार, १८ असार २०८१, २२ : ३७
मङ्गलबार, १८ असार २०८१

लन्डन । विम्बल्डन महिला एकलमा डिफेन्डिङ च्याम्पियन मार्केटा भोन्ड्रोसोभा सेन्टर कोर्टमा पहिलो राउण्डमै बाहिरिएकी छिन् । योसँगै उनी विम्बल्डनको पहिलो चरणमा हार्ने ३० वर्षमा पहिलो महिला डिफेन्डिङ च्याम्पियन बनेकी छिन् । 

तीस वर्ष पहिले, १९९४ मा, पहिलो पटक, स्टेफी ग्राफलाई विम्बल्डनको उद्घाटन राउन्डमा लोरी म्याकनिलले हराएकी थिइन् । चेक गणतन्त्रकी २५ वर्षीया मार्केटा भोन्ड्रोसोभा विश्वको ८३औं वरियतामा स्पेनकी २१ वर्षीया जेसिका बोउजास माइनिरोसँग सोझो सेटमा पराजित भइन् । 

भोन्ड्रोसोभा ६७ मिनेटमा मैनिरोसँग ६-४, ६-२ ले पराजित भइन्।  उनी दुई साताअघि बर्लिनमा घाइते भएकी थिइन् । तर विश्व वरीयतामा छैटौँ स्थानमा रहेकी भोन्ड्रोसोभाले प्रतियोगिताअघि आफू पूर्ण रूपमा फिट रहेको जिद्दी गरेकी थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप