शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

५ किलो अफिमसहित दुई जना पक्राउ

मङ्गलबार, १८ असार २०८१, २१ : ५०
मङ्गलबार, १८ असार २०८१

नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिका–१४ स्थित हवल्दारपुरबाट प्रहरीले ५ किलो ८ सय ६५ ग्राम अफिमसहित दुई जनालाई पक्राउ गरेको छ ।

जाजरकोटको शिवालय गाउँपालिका–७ घर भई बर्दियाको बासगढी नगरपालिका–९ माछागढ बस्ने ५५ वर्षीय रामबहादुर शाही र जाजरकोटको बारेकोट गाउँपालिका–८ सेपुखोला बस्ने ३५ वर्षीय पूर्णबहादुर विकलाई इलाका प्रहरी कार्यालय, कोहलपुरको टोलीले पक्राउ गरेको हो । 

हवल्दारपुरको फन पार्क अगाडि शंकास्पद रूपमा बसिरहेका उनीहरूलाई प्रहरीले जाँच गर्दा अफिमसहित भेटिएका हुन् । उनीहरूको साथबाट कर्णाली प्रदेश ०२–००२ प ११८६ नम्बरको मोटरसाइकल बरामद भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । उनीहरूलाई लागुऔषध कारोबारमा मुद्दा चलाइ जिल्ला अदालतबाट आज ५ दिनको म्याद थप भएको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप