एमालेसँगको सत्ता सहकार्यबारे कांग्रेसले गर्यो विपक्षी दलसँग छलफल
मङ्गलबार, १८ असार २०८१, २१ : ३८

काठमाडौँ । नेपाली कांग्रेसले नेकपा एमालेसँगको सत्ता सहकार्यको सहमतिबारे विपक्षी दलसँग छलफल गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार साँझ आफ्नो निवासमा सोमबार राति एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको सहमतिबारेमा विपक्षी दलका नेताहरूलाई ब्रिफिङ गरेका हुन् ।
देउवा निवासको छलफलमा जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर लगायतका नेताहरू सहभागी थिए ।
बैठकमा देउवाले एमालेसँग मिलेर नयाँ सरकार बनाउन लागेकाले साथ दिन उनीहरूलाई आग्रह गरे थिए । यादव, लिङ्देन र ठाकुरले सकारात्मक जवाफ दिएको देउवाका स्वकीय सचिव भानु देउवाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्तीमा गोहीको गुँड खोज्दै चितवन राष्ट्रिय निकुञ्ज
-
पत्रकार हत्याको विरोधमा सडकमा उत्रियो महासंघ
-
एकीकृत समाजवादीको पार्टी कार्यालय अनुगमन गर्न पुगे मोर्चाका नेता
-
ज्ञानेन्द्र समर्थकको उद्दण्ड आन्दोलन : यस्तो छ तोडफोड, लुटपाट र आगजनीको विवरण
-
ज्ञानेन्द्रलाई समेत नजरबन्द वा पक्राउ गर्न खोजिएको भन्दै सुवेदीले निकाले यस्तो विज्ञप्ति
-
कमेडियन कुणाल कामरालाई राहत, अदालतले दियो अन्तरिम अग्रिम जमानत