शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

मङ्गलबार, १८ असार २०८१, २२ : ००
मङ्गलबार, १८ असार २०८१

आज २०८१ असार १८ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

  • नयाँ सत्ता समीकरण

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा आफ्नो पार्टीसँग जादुमयी नम्बर रहेको भन्दै कसैले सरकारबाट हटाउन नसक्ने दाबी गरेको एक सातामात्र भएको छ । दुई प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेसँग आफ्नो अनुकूल सहकार्य गरी सरकार टिकाउँदै आएका प्रचण्ड एक सातामै ‘जादुमयी नम्बर’का बाबजुद निरीह देखिएका छन् ।

  • सहकारी ठगी

ललितपुरको मानभवनस्थित सुयोग सुयोग बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्षसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा संस्थाका अध्यक्ष ४३ वर्षीय सुनिल महर्जन, उपाध्यक्ष ६० वर्षीया मलिका महर्जन र सचिव ३७ वर्षीय अर्पण कावा रहेका छन् ।

  • कृषि प्राविधिक

कृषि प्राविधिक अधिकृतहरूले एक दशकभन्दा बढी सरकारी सेवामा काम गरे पनि आफ्नो वृत्ति विकास हुन नसकेको भन्दै धर्नामा बसेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा १० देखि २० वर्षसम्म सरकारी सेवामा कृषि प्राविधिक अधिकृतका रूपमा काम गरे पनि वृत्ति विकास हुन नसकेको भन्दै आइतबारदेखि उनीहरू धर्ना बसेका हुन् ।

  • मौद्रिक नीति

बैंक तथा वित्तीय संस्थाहरूले लगानी सहजीकरणका लागि केन्द्रीय बैंकको मुख ताकेका छन् । बढ्दो लगानी जोखिमका बिच ६ खर्बमाथि लगानीयोग्य रकम (तरलता) बोकेर बसेका बैंक तथा वित्तीय संस्थाहरूले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सहजीकरण खोजेका हुन् ।

  • न्यायाधीश सिफारिस

लोक सेवा आयोगको प्रतिस्पर्धामा पास भएका ८ जनालाई न्याय परिषद्ले जिल्ला न्यायाधीशमा सिफारिस गरेको छ । मंगलबार बसेको परिषद्को बैठकले उनीहरूको नाम सिफारिस गरेको हो । प्रधानन्यायाधीशले नियुक्ति दिएपछि उनीहरू जिल्ला न्यायाधीश हुनेछन् ।

  • सहकारी समस्या र समाधान

 सहकारी संस्थाको बचत रकम दुरुपयोगमा संसदीय विशेष छानबिन समितिले सहकारी क्षेत्रका समस्याहरू समाधानका लागि प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यता दलहरूलाई पत्राचार गर्ने निर्णय गरेको छ । मंगलबार बानेश्वरमा बसेको समितिको बैठकले राष्ट्रिय दलहरूलाई लिखित पत्राचार गर्ने निर्णय गरेको हो । 

  • धितोपत्र बोर्ड

सर्वोच्च अदालतले धितोपत्र बोर्डको अध्यक्ष छनौट विवादमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले अर्को छलफल नभएसम्मका लागि अन्तरिम आदेश जारी गरेको हो । 

  • नियुक्तिमा कडाइ

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा आफ्नो पार्टीसँग जादुमयी नम्बर रहेको भन्दै कसैले सरकारबाट हटाउन नसक्ने दाबी गरेको एक सातामात्र भएको छ । दुई प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेसँग आफ्नो अनुकूल सहकार्य गरी सरकार टिकाउँदै आएका प्रचण्ड एक सातामै ‘जादुमयी नम्बर’का बाबजुद निरीह देखिएका छन् ।

  • संसदीय सुनुवाइ

प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानको यही असार २० र २१ गते संसदीय सुनुवाइ हुने भएको छ । मंगलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानमाथिको उजुरी र उहाँको कार्ययोजनासहितको सुनुवाइ गर्ने मिति तय गरेको हो । 

  • दोषी को ?

एसईई परीक्षा २०८० को नतिजा प्रकाशनपछि संसद्, सामाजिक सञ्जाल र समाजमा विभिन्न कोणबाट प्रश्न उठिरहेका छन् । हिजोसम्म परीक्षामा अनुत्तीर्ण हुँदा विद्यार्थी मात्रै अनुत्तीर्ण हुन्थे । राम्रो पढेनन्, ध्यान दिएनन्, पढ्नभन्दा खेल्नतिर ध्यान गयो भनेर सबै दोष विद्यार्थीले बोक्नुपथ्र्यो । यस वर्षको नतिजा प्रकाशनपश्चात् प्रश्न र दोष शिक्षक, विद्यालय र सरकारतिर सोझिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप