बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

एकीकृत समाजवादीको महाधिवेशन बैठक बुधबार बस्ने

मङ्गलबार, १८ असार २०८१, २१ : ११
मङ्गलबार, १८ असार २०८१

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को दशौँ राष्ट्रिय महाधिवेशनमा राजनीतिक दस्ताबेज, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्ताबेजमा १२ समूह बनाएर छलफल गरिएको छ । ती दस्ताबेजबारे प्रतिनिधिहरुबिच सामूहिक छलफल गरिएको हो । 

देशभरबाट आएका प्रतिनिधिको सुझावसहित बुधबार बिहान बस्ने बैठकले दस्ताबेजमाथि प्रस्तुति दिने कार्यतालिका छ । सम्बन्धित समूहका टोली नेताले गर्ने प्रस्तुतिपछि दस्ताबेज परिमार्जनसहित अनुमोदन गरिने छ । 

बैठक बुधबार बिहान ११ बजे बस्ने पार्टीको स्थायी समिति सदस्य आलोक रायमाझीले जानकारी दिए । एक हजार आठ सय ४९ प्रतिनिधि छनोट गरिएको महाधिवेशनले दुई सय ९९ सदस्यीय कार्यसमिति निर्वाचित गर्ने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप