सुयोग बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित ३ जना पक्राउ
![सुयोग बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित ३ जना पक्राउ](https://npcdn.ratopati.com/media/news/aaa_2T4Y0HXDwB.jpg)
काठमाडौँ । ललितपुरको मानभवनस्थित सुयोग सुयोग बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्षसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा संस्थाका अध्यक्ष ४३ वर्षीय सुनिल महर्जन, उपाध्यक्ष ६० वर्षीया मलिका महर्जन र सचिव ३७ वर्षीय अर्पण कावा रहेका छन् ।
सहकारी संस्था खोली सर्वसाधारण मानिसहरूलाई आकर्षक ब्याज दिने र चाहिएको बखत जम्मा भएको रकम झिक्न पाइन्छ भनी विश्वास दिलाई सञ्चालकहरूलाई लाभ र बचतकर्ताहरूलाई हानी पुर्याएको प्रहरीको भनाई छ । संस्थाले १२०० जना बचतकर्ताहरूको निक्षेप अपचलन गरी हाल सम्म ७ करोड १३ लाख ८६ हजार रुपैयाँ ठगी गरेको जाहेरी प्राप्त भएको थियो ।
यस विषयमा गत वर्षको चैत ७ गते जिल्ला प्रहरी परिसर ललितपुरमा ठगी सम्बन्धी कसुरमा मुद्दा दर्ता भई अनुसन्धान सुरु भएको थियो । अनुसन्धानबाट अध्यक्ष सुनिल महर्जन २०६५ सालमा श्री नरसिंह सहकारीको सदस्यको रूपमा ४ वर्ष काम गरेको खुलेको थियो । उनी २०७० साल देखि हालसम्म श्री सुयोग बहुउद्देश्यीय सहकारीको अध्यक्षको रूपमा कार्यरत रहेका थिए ।
उनले सहकारीको सञ्चालक समिति तथा पदाधिकारीमा आफन्त, चिने जानेका, आफूले भनेको कुरा मान्ने मानिसहरू राखी बचतकर्ताको रकम आफूखुसी लगानी गर्दै आएको बुझिएको प्रहरीको भनाई छ । उनी २०८० सालमा प्रहरी वृत्त कालिमाटीमा चलेको बैंकिङ कसुर मुद्दामा समेत फरार प्रतिवादी देखिएको छ ।
यता मलिका महर्जन २०७६ साल देखि हालसम्म श्री सुयोग बहुउद्देश्यीय सहकारी संस्थाको उपाध्यक्ष पदमा कार्यरत रहेकी थिइन् । अर्पण कवा पनि २०७६ साल देखि हालसम्म श्री सुयोग बहुउद्देश्यीय सहकारी संस्थाको सचिव पदमा कार्यरत रहेका थिए ।
मुद्दा दर्ता भएसँगै अध्यक्ष तथा अन्य पदाधिकारीहरू फरार रहेकोमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले सोमबार बारा, ललितपुर र भक्तपुरको विभिन्न स्थानहरूबाट उनीहरूलाई पक्राउ गर्न सफल भएको थियो । तीनै जनालाई थप आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर, ललितपुर पठाइएको प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टै सत्ता निर्माण गर्ने निर्णयबाट किन पछि हटे महतो ?
-
बेचन झालाई ५ दिन थुनामा राख्न जिल्ला अदालतको अनुमति
-
दीर्घकालीन असर पर्ने काम नगर्न प्रधानमन्त्रीलाई एमालेको ध्यानाकर्षण
-
प्रचण्डसँग १६ महिना अघिको धोकाको बदला लिए ओलीले
-
एमालेसँग विद्रोह गरेका माधव नेपाल दुईपटक समाजवादीका अध्यक्ष
-
ट्रम्पको टिप्पणीलाई ‘गम्भीरतापूर्वक’ लिन्छु : पुटिन