बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

गाई र बाछोसहित किशोर पक्राउ

मङ्गलबार, १८ असार २०८१, २० : ४८
मङ्गलबार, १८ असार २०८१

रौतहट । अवैधरुपमा भारत लैजान लागेको गाई र बाछोसिहत एक जना किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा रौतहट देवाहीगोनाही न.पा. वडा नं. २ करुनिया टोल बस्ने १८ वर्षीय शेख आबिद आलम रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा जिल्ला रौतहट माधव नारायण न.पा वडा नं.०१ दिपही बाट उनलाई पक्राउ गरेको हो । डीएसपी एलिजा गिरीका अनुसार दुई जना मानिसहरूले अवैध रूपमा गाई र बाछो भारत तर्फ लैजाँदै गरेको अवस्थामा प्रहरी टोलीले उनीहरूलाई रोकेको थियो । प्रहरीले रोकेपछि गाई धनी भने भागेका थिए ।

आलमलाई भने ८ वटा गाई र १ वटा बाछोसहित पक्राउ गरिएको थियो । उक्त गाई र बाछो सहित उनलाई आवश्यक कारबाहीको लागी गौर भन्सार कार्यालय रौतहटमा दाखिला गरिएको छ । फरार गाई धनीको खोज तलास भइरहेको डीएसपी गिरीले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप