श्रीलङ्काद्वारा महिलाहरूलाई व्यवसायमा सहज बनाउन ऋण योजना स्वीकृत

कोलम्बो । श्रीलङ्काको मन्त्रिपरिषद्ले महिलाहरूलाई आर्थिक गतिविधिमा संलग्न गराउन बाधाहरू हटाउन विशेष ऋण योजना लागू गर्ने प्रस्तावलाई स्वीकृत गरेको छ ।
मन्त्रिपरिषद्ले उद्यम क्षेत्रलाई पुनः सुदृढ गर्न लगानी योजनाका रूपमा २० अर्ब श्रीलङ्काली रुपैयाँ (६ करोड ५० लाख अमेरिकी डलर) विनियोजन गर्ने निर्णय गरेको सरकारको सूचना विभागले जनाएको छ ।
त्यसमध्ये दुई अर्ब रुपैयाँ (६५ लाख अमेरिकी डलर) महिलासम्बन्धी ऋण योजना कार्यान्वयन गर्न खर्च गरिनेछ ।
श्रीलङ्काको आर्थिक मामिलामा महिलाको सहभागिता अन्य क्षेत्रीय र एसियाली देशहरूको तुलनामा न्यून रहेको पाइएको छ ।
श्रीलङ्काका कार्यबलको सन् २०२२ सर्वेक्षणअनुसार आर्थिकरूपमा सक्रिय जनसङ्ख्याको ३५ प्रतिशत महिला छन् । यसले आर्थिक सहभागिताको लैङ्गिक योगदान दरमा ठुलो असमानता देखाएको विभागले उल्लेख गरेको छ ।
महिलाको सीमित वित्तीय साक्षरता र ऋण लिन आवश्यक पर्ने सम्पत्ति वा सुरक्षाको अभावजस्ता कारणले वित्तीय स्रोतमा पहुँचको अवसर सीमित भएको विभागले जनाएको छ । -(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमिहीनलाई व्यवस्थित गर्न पालिका सक्रिय
-
चेन्नईविरुद्धको खेल पञ्जाबको पञ्जामा, एकाएक चम्किए कप्तान अय्यर
-
१२ बजे, १२ समाचार : अभिनेत्री सुरक्षा पन्तको प्रतिरक्षा गर्दै राजावादीलाई प्रधानमन्त्रीको व्यंग्यदेखि धारामा पानी थापेको आरोपमा दलित युवतीमाथि कुटपिटसम्म
-
सरकार र शिक्षकबिच वार्ताको त्यो ७ घण्टा
-
युक्रेनले अमेरिकासँग छिट्टै खनिज सम्झौता गर्ने
-
सुरक्षाको बचाउ गर्दै प्रधानमन्त्रीले भने - राजावादीले कस्तो सहनै नसकेको होला