बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

देउवाले आफ्ना पुराना गठबन्धन दलसँग छलफल गर्दै

मङ्गलबार, १८ असार २०८१, २० : १८
मङ्गलबार, १८ असार २०८१

काठमाडौँ । नेपाली कांग्रेसले गठबन्धनमा रहेका दलहरूसँग बुढानीलकण्ठमा छलफल गरिरहेको छ ।

माओवादी केन्द्रले कांग्रेसलाई छाडेर एमालेसँग गठबन्धन बनाएपछि कांग्रेसले जसपा नेपाल, लोसपा नेपाल, राप्रपा, जनमोर्चालगायतका दलहरूको बिचमा विपक्षी गठबन्धन बनाएको थियो । 

सोही गठबन्धनमा रहेका दलहरूसँग छलफलका लागि कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो निवासमा बोलाएका छन् । सोमबार एमाले–कांग्रेसबिच बनेको नयाँ गठबन्धन र सत्ता सहकार्य लगायतको विषयमा छलफल हुने बताइएको छ । 

माओवादी केन्द्रसँग सत्ता गठबन्धन बनाएको एमालेले सोमबार कांग्रेससँग छलफल गरी छुट्टै गठबन्धन बनाएर सरकारको नेतृत्व गर्ने सहमति गरेको छ । सो सहमति अनुसार आलोपालो सरकारको नेतृत्व गर्ने र पहिलो चरणमा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने सहमति भएको छ ।

७ प्रदेशमध्ये ६ प्रदेशको मुख्यमन्त्री बाँडफाँट गर्ने र मधेस प्रदेश मधेसवादी दललाई दिने कांग्रेस र एमालेबिच सहमति भएको बताइएको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप