बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

एकीकृत समाजवादीको महाधिवेशन : दस्ताबेजमाथि १२ समूहमा छलफल

मङ्गलबार, १८ असार २०८१, १८ : ५६
मङ्गलबार, १८ असार २०८१

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को दशौँ राष्ट्रिय महाधिवेशनको तेस्रो दिन दस्ताबेजमाथि समूहगत छलफल जारी छ ।

आइतबारदेखि काठमाडौँको प्रज्ञा प्रतिष्ठान कमलादीमा जारी महाधिवेशनमा पेस भएका दस्ताबेजमाथि १२ वटा समूहमा छलफल भएको नेता जगन्नाथ खतिवडाले जानकारी दिए ।

जसमध्ये समूह १ मा कोशी प्रदेश, समूह २ मा मधेस (क) सप्तरी, सिराहा, धनुषा, महोत्तरी रहेका छन् । त्यसैगरी समूह ३ मा मधेस (ख) सर्लाही, रौतहट, बारा, पर्सा, समूह ४ मा बागमती (क) धादिङ, ललितपुर, सिन्धुली, रामेछाप, मकवानपुर रहेका छन् ।

समूह ५ मा बागमती (ख) काठमाडौँ, भक्तपुर, काभ्रे, दोलखा, सिन्धुपाल्चोक,  नुवाकोट, रसुवा छन् भने समूह ६ मा गण्डकी प्रदेश र समूह ७ मा लुम्बिनी प्रदेश रहेका छन् । त्यसैगरी समूह ८ मा कर्णाली (क) हुम्ला, दैलेख, कालिकोट, पश्चिमरूकुम, सल्यान रहेका छन् भने समूह ९ मा कर्णाली (ख) डोल्पा, जाजरकोट, जुम्ला, सुर्खेत, मुगु रहेका छन् । समूह १० मा सुदूरपश्चिम प्रदेश, समूह ११ मा उपत्यका, सम्पर्क, प्रवास, विभाग र  समूह १२ मा महासंघ, जनसंगठन, सल्लाहकार, जेष्ठ कम्युनिस्ट मञ्च रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप