अघि बढ्यो टेलिकमको प्रबन्ध निर्देशक नियुक्ति प्रक्रिया, १६ जनालाई बोलाइयो अन्तरवार्तामा

काठमाडौँ । सरकारले नेपाल टेलिकम (एनटीसी)को प्रबन्ध निर्देशक छनौट प्रक्रिया अघि बढाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टेलिकमको प्रबन्धक निर्देशक पदका लागि आवेदन दिएकालाई अन्तरवार्ता र प्रस्तुतिका लागि बोलाएको हो ।
यससँगै नियुक्ति प्रक्रिया अघि बढेको छ । सरकारले नियुक्ति प्रक्रिया सुरु गर्नु अघि मापदण्ड नै परिवर्तन गरेको थियो । उमेरहद नै ५६ बाट ५८ बनाइएको थियो । यस्तै प्रबन्ध निर्देशकको योग्यताको सूचीमा इन्जिनियर पनि थप गरिएको थियो । टेलिकमको प्रबन्ध निर्देशक पद २०८१ वैशाख ७ यता खाली छ । सुनिल पौडेललाई भ्रष्टाचार मुद्दा लागेपछि पद खाली भएको हो ।
यसपछि मन्त्रालयले जेठ २२ गते प्रबन्ध निर्देशक पदको नियुक्ति प्रक्रिया अघि बढाएको हो । पदका लागि १७ जनाले आवेदन दिएका थिए । जसबाट अन्तिम १६ जनाको नाम छनौट भएको छ । अन्तिम नामावलीको सूचीका परेकालाई असार २० गतेदेखि २२ गतेसम्मका लागि अन्तरवार्ता र प्रस्तुतिका लागि बोलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन
-
नारायणी किनारमा चैत्र ३१ गते साङ्गीतिक कन्सर्ट हुने
-
१० बजे १० समाचार : फरार दुर्गाको सन्देशदेखि नेपालको रेकर्डसम्म