कांग्रेस र एमाले मिलेर प्राप्त उपलब्धि उल्ट्याउने आशंका बढ्यो : नेसपा यादव समूह
![कांग्रेस र एमाले मिलेर प्राप्त उपलब्धि उल्ट्याउने आशंका बढ्यो : नेसपा यादव समूह](https://rpcdn.ratopati.com/media/albums/mahendra-ray-yadav-2_SxHL50NAcy.jpg)
काठमाडौँ । नेपाल समाजवादी पार्टी(नेसपा)का अध्यक्ष महिन्द्र राय यादव समूहले राष्ट्रिय राजनीतिमा देखिएको उथलपुथलबारे पार्टीको गम्भीर रूपमा ध्यानाकर्षण भएको जनाएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै यादव समूहले देशका ठुला पार्टी मिलेर लोकतन्त्रलाई कमजोर पार्ने र संशोधनमार्फत प्राप्त उपलब्धि उल्ट्याउने षड्यन्त्र भएको विज्ञप्तिमा उल्लेख छ ।
‘सरकार फेरबदल सामान्य कुरा हो तर देशका ठुला पार्टीहरू नै मिलेर लोकतन्त्रलाई कमजोर पार्ने, संविधान संशोधन मार्फत प्राप्त उपलब्धि उल्ट्याउँदै जाने षड्यन्त्र त भइरहेको छैन भन्ने आशंका बढाएको छ’, विज्ञप्तिमा लेखिएको छ ।
साथै अर्का अध्यक्ष बाबुराम भट्टराई समूहले एकतर्फी महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरेको केन्द्रीय समितिलाई निर्वाचन आयोगमा अद्यावधि गरेकोमा आपत्ति जनाएको छ । मंगलबार चैत ५ गते बसेको भट्टराई समूहको केन्द्रीय समिति बैठकले यादव समूहलाई कारबाही गरी अद्यावधिका लागि आयोगका निवेदन दिएको थियो । तर भट्टराई समूहको उक्त निर्णय अवैधानिक र अराजनीतिक भएको भन्दै रद्द गर्न यादव समूहले असार १३ गते आयोगमा निवेदन दिएको थियो । आवश्यक परे कानुनी उपचारका लागि जान तयार भएको विज्ञप्तिमा भनिएको छ । साथै माओवादी केन्द्रसँग विगतमा भएको एकताप्रति प्रतिबद्ध रहेको उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हमासलाई नेतन्याहूको चेतावनी-शनिबारसम्म थप बन्धक रिहा नगरे युद्धविराम समाप्त
-
माइतीघरमा आन्दोलनरत स्वर्गद्वारी गुठी पीडित किसानलाई सरकारद्वारा वार्ताको लागि आह्वान
-
१२ बजे, १२ समाचार : पूर्व राष्ट्रपति भण्डारीलाई बाटो खुल्योदेखि बागमतीका ८ सहकारीको छानविनमा सीआईबीलाई निम्तोसम्म
-
रुकुम पूर्वमा तीन जनाको शव फेला
-
१० बजे १० समाचार : विद्यालाई बाटो खुला, बलात्कार आरोपीलाई उन्मुक्ति
-
ढल्कुबाट लागुऔषध एम्फेटामाइन आइससहित दुईजना पक्राउ