बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

‘वनसँग सेलिब्रेटी’ कार्यक्रम, अनावश्यक भएको भन्दै खर्च कटौती प्रस्ताव दर्ता

मङ्गलबार, १८ असार २०८१, १८ : १८
मङ्गलबार, १८ असार २०८१

सुर्खेत । कर्णाली प्रदेशले आगामी आर्थिक वर्षको बजेटमा ‘वनसँग सेलिब्रेटी’ नामक कार्यक्रम ल्याएको छ । तर उक्त कार्यक्रम अनावश्यक भएको भन्दै सांसदले खर्च कटौतीको प्रस्ताव दर्ता गरेका छन् । 

मंगलबार कांग्रेस सांसद घनश्याम भण्डारीले खर्च कटौतीको प्रस्ताव दर्ता गरेका हुन् । उक्त कार्यक्रमका लागि तीन लाख रकम राखिएको छ । ‘यो अनावश्यक कार्यक्रम हो, यसको खर्च कटाइयोस्, सरकार सेलिब्रेटीतिर लाग्नुभयो कि जस्तो लायो,’उनले भने, ‘यस भन्दा पहिला वनसँग चौकीदार, वनसँग समुदाय जस्ता कार्यक्रम देखेका थियौँ । वनसँग सेलिब्रेट कार्यक्रम के गर्न राखिएको हो ?’उनले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय नाम अनुसार काम नभएको बताए । 

भण्डारीले भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत कर्मचारी प्रोत्साहन तथा पुरस्कार कार्यक्रमको पनि खर्च कटौती गर्न माग गरेका छन् । उक्त कार्यक्रममा लागि २४ लाख विनियोजन गरिएको छ । ‘यसभन्दा अगाडि यस्तो कहीँ देखिएन । यसमा खर्च घटाइनुपर्छ,’उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप