बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

महिला सांसदले सभामुखलाई ‘आँखामा आँखा मिलाएर कुरा गर्नुस्’ भनेपछि...

मङ्गलबार, १८ असार २०८१, १८ : ०९
मङ्गलबार, १८ असार २०८१

इस्लामावाद । यतिबेला सामाजिक सञ्जालमा पाकिस्तानको संसद्को एउटा भिडियो निकै भाइरल भइरहेको छ । भिडियोमा भाइरल हुने महिला इमरान खानका पूर्वक्याबिनेट मन्त्री जरताज गुल हुन् । 

यो भिडियो हेर्नु भयो भने एक पटक तपाई पनि मुस्कुराउनुहुनेछ । राष्ट्रिय सभाका वर्तमान सभामुख अयाज सादिक र जरताज गुलबीचको कुराकानी निकै रोचक छ ।

भिडियोमा महिला सांसद जरताज गुलले आफ्नो धारणा राख्दै थिइन् । यसै क्रममा उनले सभामुखसँग भन्छिन्, ‘सभामुख महोदय, म तपाईंको ध्यानाकर्षण चाहन्छु ।’ त्यसपछि सभामुख सादिकले ‘भन्नुस् न, प्लिज’ भन्छन् । यसपछि जरताज गुलले ‘मेरो लिडरले मलाई आँखा आँखा मिलाएर कुरा गर्न सिकाउनुभएको छ । महोदय, आँखामा हेर्नु भएन भने म बोल्न सक्दिनँ ।’ उनको यो जवाफ सुनेर सभामुखले ‘म सुनिरहेछु तर आँखामा हेर्दिन, मैले महिलाको आँखामा हेर्ने गरेको छैन,’ भन्ने जवाफ दिन्छन् ।

यो भिडियो सामाजिक सञ्जालमा खुब भाइरल भइरहेको छ । यस वर्ष भएको निर्वाचनमा गुल डेरा गाजीबाट पुनः निर्वाचित भएर विधानसभामा पुगेकी हुन् । एक्समा शेयर भएको यो भिडियोमा रमाइला रमाइला कमेन्ट आइरहेका छन् । 

एक भारतीय प्रयोगकर्ता आफ्नो संसदमा पनि यस्तै दृश्य हेर्न पाए पनि हुने भनेर भनेका छन् । अर्काले चाँहि ‘सभामुख महोदय सज्जनजस्तो देखिएको’, भनेका छन् । अन्य कयौँ प्रयोगकर्ताहरूले संसद्को वातावरण कति रंगीन भनेर खिल्ली उडाइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप