बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भारतको सत्संगमा भागदौड हुँदा २७ जनाको मृत्यु

मङ्गलबार, १८ असार २०८१, १८ : ०१
मङ्गलबार, १८ असार २०८१

उत्तर प्रदेश । भारतको उत्तर प्रदेश राज्यको हाथरस जिल्लामा एउटा सत्संगको समयमा भागदौड हुँदा २७ श्रद्धालुको मृत्यु भएको बताइएको छ । यस घटनाको पुष्टि एटाका एसएसपीले गरेका छन् । 

‘एउटा दुखद घटना भएको छ, हाथरस जिल्लाको सिकन्दरराव नजिकैको मुगलगढ़ी गाउँमा भोले बाबाको कार्यक्रम चलिरहेको थियो, भागदौडका कारण मानिसको मृत्यु भएको छ । एटाको अस्पतालमा २७ जनाको शव आइपुगेको छ,’एटा एसएसपी राजेश कुमार सिंहले भनेका छन् । 

मर्नेमा २३ महिला, तीन बालबालिका र एक पुरुष भएको बताइएको छ  । अन्य कयौँ घाइतेलाई अस्पताल भर्ना गरिएको बताइएको छ । धार्मिक कार्यक्रमका क्रममा भागदौडका कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको सीएमओ एटा उमेश कुमार त्रिपाठीले भनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप