हजुरबुबाको बाटोमा सैफ अली खानका छोरा

नयाँ दिल्ली । हालै बलिउड अभिनेता सैफ अली खान पत्नी करिना कपुर खान र छोराहरू जेह र तैमुर अली खानसँग लण्डन घुम्न गएका थिए । त्यहाँ उनीहरूले खुबै रमाइलो गरे ।
यसै क्रममा सैफले करिनाको तस्बिर खिचेका थिए । सामाजिक सञ्जालमा एउटा भिडियो पनि निकै भाइरल भइरहेको छ । भिडियोमा सैफ आफ्ना छोरा तैमुरलाई क्रिकेट खेल्न सिकाउँदै छन् । भिडियोमा उनी छोरालाई सो खेलबारे बुझाउँदै छन् ।
भिडियोमा तैमुर आफ्नो कोचसँग ट्रेनिङ लिइराखेको पनि देखिन्छन् । सैफले छोरालाई पटौदी परिवारको गौरवशाली क्रिकेट इतिहासबारे बताइरहेको सुनिन्छ । सैफका पिता मन्सूर अली खान पटौदी चर्चित भारतीय क्रिकेटर हुन् । उनी भारतीय क्रिकेट टोलीका पूर्वकप्तान थिए । तैमुरले नेटमा अभ्यास गरिरहेको भिडियो इन्टरनेशनल क्रिकेट मास्टर्स युकेको इन्स्टाग्राम पेजमा शेयर गरिएको छ । यो इनडोर नेट लड्र्सको भएको बताइएको छ । यहाँ तैमुरले ब्याटिङ गरिरहेका छन् । यस पेजमा उनको बलिङको भिडियो पनि अपलोड गरिएको छ । यो भिडियो भाइरल हुनेबित्तिकै मानिसहरूले तैमुरलाई भविष्यका क्रिकेटर भनेका छन् ।
अर्का प्रयोगकतोले चाँहि तैमुरले आफ्नो हजुरबुबा जस्तै क्रिकेट खेल्ने बताएका छन् । अर्का प्रयोगकर्ताले भने तैमुरले आफ्नो परिवारको क्रिकेट परम्परालाई अगाडि बढाउनले बताएका छन् । भिडियोमा तैमुर मात्रै होइन सैफले पनि क्रिकेट खेलेको देखिन्छ । तैमुरले सैफलाई बल दिएपछि उनी क्रिजमा आउँछन् । सैफकी आमा आमा शर्मिला टैगोर बलिउडकी दिग्गज अभिनेत्री हुन् भने पिता मन्सूर अली खान पटौदी भारतीय क्रिकेट टोलीका कप्तान थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु, चालक फरार
-
काठमाडौँ महानगरले ‘काठमाडौँ शैक्षिक मेला’ गर्दै
-
स्रोतको चर्को चाप : नयाँ बजेटको गृहकार्य तीव्र
-
सेल्फी पार्कको मानवनिर्मित विशाल शालग्राम
-
अर्थ मन्त्रालयद्वारा नयाँ बजेटको गृहकार्य तीव्र, स्रोतको चर्को चाप
-
चिनियाँ कम्पनीले फिर्ता लियो एकल कर्मचारीलाई बिहे गर्न दिएको अल्टिमेटम