बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अदालतमा दोस्रो मुद्दा

६० किलो सुन तस्करी प्रकरण :  ६० जना प्रतिवादी विरुद्ध ८ अभियोगमा मुद्दा दायर

मङ्गलबार, १८ असार २०८१, १७ : १३
मङ्गलबार, १८ असार २०८१

काठमाडौँ । ब्रेक सु र अन्य इलेक्ट्रिक समानमा राखेर  गरिएको ६० किलो सुन तस्करीमा जिल्ला सरकारी वकिल कार्यालयले ६० जनालाई प्रतिवादी बनाउँदै काठमाडौँ जिल्ला अदालतमा अर्को मुद्दा दायर गरेको छ। 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको अनुसन्धानको आधारमा सरकारी वकिलको कार्यालयले दुई डिजिटल भुक्तानी प्रदायक कम्पनीहरूलाई समेत प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको हो । 

विभिन्न डमी कम्पनीका नाममा पैठारी भई आएका माल वस्तुहरूको परीक्षण गर्दा ती माल वस्तुहरूको पार्ट पुर्जामा भएको सुनको तौल ३१९४.६६८ के.जी. भएको देखिन आएको अभियोग पत्रमा उल्लेख छ। यसरी बरामद भएको  अवैध सुनको मूल्य  ३० अर्ब ८४ करोड १२ लाख २६ हजार ४ सय ४० समेतलाई बिगो  दाबी अभियोग पत्रमा गरिएको छ। 

चिनिया नागरिक प्रतिवादी वाङ दोजेङ्गको समूहमा रही सङ्गठित भई आपराधिक समूह बनाई समूह बिचमा गोप्य तथा तहगत रूपमा सूचना प्रवाह गरी पिरामिड शैलीमा सुन तस्करी गरेको अभियोग पत्रमा उल्लेख छ । 

‘नेपालमा विभिन्न कम्पनी खोली हङकङबाट मालवस्तु भित्र अवैध सुन छिपाई ल्याई मालवस्तुबाट सुन निकाली गाली पगाली सानो सानो परिमाणका बनाई नेपाल तथा भारतीय बजारमा बिक्री समेत गरी ३० अर्ब ८४ करोड १२ लाख २६ हजार ४ सय ४० रुपैयाँ लाभ लिएको स–प्रमाण पुष्टि हुन आएको छ ’ अभियोग पत्रमा भनिएको छ ‘ उनीहरूले गरेको उक्त कार्य सङ्गठित अपराध निवारण ऐन–२०७० दफा २ (घ) मा परिभाषित दफा ५ बमोजिमको आपराधिक समूह स्थापना गरी दफा ३ (१) विपरीत ऐ.ऐनको दफा ३ को उपदफा (३) (क) बमोजिम कसुर गरेको तथ्य पुष्टि भएको छ । ’ 

अभियोग पत्रमा ५० प्रतिवादीलाई आठ अपराधमा सजाय गर्न माग गरिएको छ।  उनीहरू विरुद्ध सुन तस्करी, सङ्गठित अपराध, नेपाल राष्ट्र बैङ्क ऐन, फौजदारी अपराध संहिता (डिजिटल करेन्सी) हातहतियार खरखजाना, नागरिकता ऐन, राहदानी ऐन, सरकारी कागज (नागरिकता) किर्तेमा समेत सजाय हुनुपर्ने माग अभियोग पत्रमा गरिएको छ। 

प्रतिवादीहरू सङ्गठित भई अवैध सुन पैठारी तथा अभौतिक मुद्रा सम्बन्धी कसुर समेत गरी एकै वारदातमा एक भन्दा बढी कसुर गरेको हुँदा मुलुकी अपराध संहिता, २०७४ को दफा ४३(१) बमोजिम एकीकृत कसुर समेत गरेको देखिएको अभियोग पत्रमा उल्लेख छ।

यसअघि प्रहरीले २०८० भदौमा पनि २४ जना विरुद्ध मुद्दा दायर गरेको थियो । 

यी हुन प्रतिवादी (सूचीसहित)

१.सिद्धनाथ अशोक गायकवाड

२.प्रशांत गणेश बजबलकर

३.धिरज दिनेश भोईटे

४.सुरेन्द्रमान श्रेष्ठ

५.राजु खत्री

६.बैजनाथ ब्रह्मादत्त गोयल

७.राजु थापा भन्ने प्रेमनाथ सेढाई

८.कान्छा लामा

९.राजु भोटे,  कुङ्गा टासी शेर्पा भन्ने चिनिया नागरिक जिन जाङ्ग

१०.प्रज्वल आचार्य

११.सुरज शम्शेर ज.व. राणा

१२.भिम प्रसाद तिमल्सिना

१३.फुनसुक डाग्पा अथुपछाङ खम्पा

१४.काश्यप मानन्धर

१५.लाल बहादुर कुँवर

१६.अरुण कुमार यादव

१७.मनोजराज श्रेष्ठ

१८.रुपक भण्डारी

१९.सोनाम गुरुङ भन्ने शिरव ग्याल्मो  

 २०.सुनिल जाकिबन्जा

२१. सत्येन्द्र श्रेष्ठ

 २२. लुरोङ्ग गोङ्गबु

२३. वाङ्ग दोजिङ्ग

२४.पिन्ज योनजिङ्ग

२५.झोङ्ग झियाङ्ग

२६.हेनरी जि जोङ्ग जियाङ्ग

२७.पिङ्ग लिङ्गफिङज

२८.टिरेन्स टिसा

२९.राम गुरुङ

३०.सोनम तामाङ

३१. लेखनाथ कार्की डोली

३२. कुमार भुजेल

३३.बिकुन्द्र भुजेल

३४.जिवन कुमार गुरुङ

३५.अभिजित तानाजी मुलिक

३६.अमोल कलप्पा कुटे

३७.कमलकान्त कुल्थिया

३८.मुकुन्द कुमार ठाकुर

३९.ऋषी ठाकुर

४०.रोशन बाबु मल्ल

४१.मिन कमार दुलाल

४२.खेलानन्द प्रसाद सिंह

४३.नेपाल भुषण  चन्द  

४४.पाल्साङ लामा

४५.भोला साह सोनार

४६.जीवन चलाउने

४७. एलेक्स जि यो पुजिङ्ग

४८.एलि जि लि युनटिसुङ

४९.रोगेर स्टेप लि निजिकेल

५०.साउटेन डिङ सिनेङ फा

५१.लिन जिक्युयाङ  

५२.टाँसी भन्ने थुप्तिन छिरिङ

५३.हर्कराज राई

५४.दावा छिरिङ

५५.राजेन्द्र कुमार राई

५६.राम कुमार भुजेल

५७.दिलिप भुजेल

५८.सुमन खरेल

५९.भिम बहादुर मगर

६०.टासी शेर्पा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप