बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

वर्षात‍्मा भिज्नु हुन्छ कि हुँदैन ?

मङ्गलबार, १८ असार २०८१, १६ : ४४
मङ्गलबार, १८ असार २०८१

काठमाडौँ । वर्षायाम सुरु भइसकेको छ । साना केटाकेटी अनि किशोर किशोरीहरू समेत पानीमा भिजेर रमाइलो गर्ने अवसर खोज्न थाल्छन् । केही त वर्षात्को मजा लिन घण्टौँ पानीमा भिजेर पनि बस्छन् । साथमा छाता वा रेनकोट नहुँदा नचाही नचाही पनि हामी पानीमा भिज्छौँ । वर्षात्मा भिजेकै कारण कयौँ पटक हामी बिरामी पनि परेका छौँ । रुघा खोकी ज्वरो जस्ता समस्या देखिन सक्छ ।

केही मानिसहरू वर्षात्को पानीमा नुहाउनु शरीरका लागि फाइदाजनक हुन्छ भन्ने विश्वास गर्छन् । अनि कतिपयले चाहिँ वर्षात्को पानीमा नुहाउनु स्वास्थ्यका लागि हानिकारक हुने मान्छन् । धेरै जसो मानिसहरूमा वर्षात्को पानीमा भिज्न हुन्छ कि हुन्न भन्ने अन्यौलता देखिन्छ । वर्षात् भर्खरै सुरु भएको बेलामा पर्ने पानीमा सकेसम्म भिज्नु हुन्न । यसमा वातावरणमा रहेका प्रदूषणहरू वर्षाको पानीमा मिसिन्छन् । यसले गर्दा वर्षाको पानी अम्लीय बन्छ । यस्तो पानीले नुहाउँदा कपाल र छालालाई हानी हुन्छ ।

तर, एक–दुई हप्तासम्म पानी परिरहेको छ भने चाहिँ यस्तो पानी सफा भइसकेको हुन्छ । यस समयमा वर्षात्को पानीमा भिज्न सकिन्छ । तर, घण्टौँसम्म भने पानीमा भिज्नु हुँदैन । पानीमा भिज्दा केही सावधानी पनि अपनाउनु पर्छ । लामो समय पानीमा भिज्दा चायाँको समस्या आउन सक्छ । वर्षात्को बेलामा ख्याल गर्नु पर्ने अर्को कुरा चाहिँ के छ भने वर्षाको पानीले सडक वा अन्यत्र कतै पानी टनाटन भएको ठाउँमा रमाइलोका लागि उफ्रिने वा पानी छ्यापाछ्याप गर्ने गर्नु हुँदैन । यसो गर्दा छालामा सङ्क्रमणको जोखिम बढ्छ । छाला रोग वा कपाल सम्बन्धी कुनै समस्या भएका व्यक्तिले पनि पानीमा भिज्नु हुँदैन । पानीमा भिज्दा कुनै समस्या भएमा चिकित्सकको सल्लाह लिनुपर्छ । 

वर्षात्को पानीमा भिजियो भने के गर्ने ?

वर्षात्को पानीमा भिजियो भने सफा पानी र साबुनले नुहाउनुस् । यसले शरीरमा जमेको धुलो, पसिना र अन्य फोहोर पनि सफा हुन्छ । यसो गरेपछि छालामा मोइस्चराइजर लगाउनुस् । यसले छालाको ‘मोइष्टचर’लाई गुम्न दिँदैन । सङ्क्रमणको जोखिम पनि कम गर्छ । वर्षामा कपाल झर्छ । छालामा अनेक समस्या देखिन्छ वा भइरहेकै समस्या पनि बढ्छ । यसबाट बच्न विशेष सावधानी अपनाउनुपर्छ र कुनै समस्या भएमा चिकित्सकसँग परामर्श लिनुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप