बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुन खरिद गर्न पुगेका व्यवसायीलाई सङ्घको हवाला दिँदै रित्तो हात फर्काइयो

मङ्गलबार, १८ असार २०८१, १६ : ३७
मङ्गलबार, १८ असार २०८१

काठमाडौँ । नेपाल रत्न तथा आभूषण सङ्घको पत्रको आधारमा व्यवसायीलाई सुन खरिदबाट वञ्चित गराइएको पाइएको छ । नेपाल रत्न तथा आभूषण संघले असार १३ मा नेपाल बैंकर्स एसोसिएसनलाई पत्राचार गर्दै सङ्घको विधानअनुसार साधारण सदस्य समेत नरहेको र उच्च अदालत पाटनबाट समेत फैसला भएकाले भएकाले सुन खरिद गर्न योग्यता नपुगेको भन्दै राजधानीको विशालबजारस्थित श्री रिद्धि सिद्धि ज्वेलर्सलाई सुन नदिन भनेको थियो। 

सोही पत्रका आधारमा सुन खरिद गर्न जाँदा श्री रिद्धि सिद्धि ज्वेलर्सलाई  बैंकले सुन नदिई फर्काएको पाइएको हो । सिफारिस अनुसार १५ दिनभित्र बिक्री नभएको सुन व्यवसायीले सिधै खरिद गर्न पाइने प्रावधान रहेको रिद्धि सिद्धिका प्रवक्ता नरेन्द्र गुप्ताले जानकारी दिए ।  तर पत्रकै कारण सो व्यवस्थाअनुसार समेत सुन नदिनु गलत हुनुका साथै सिन्डिकेट समेत भएको उनको भनाइ छ ।

तर, संघले भने सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधि २०६८ को दफा १२ र दफा १४ मा भएको व्यवस्थाअनुसार रिद्धि सिद्धिले बैंकले आयात गर्ने सुन (सिफारिसबाट बिक्री हुने र बिना सिफारिसबाट बिक्री हुने दुबै) खरिद गर्न योग्यता नपुग्ने दाबी गरेको छ । 

सोहीअनुसार वाणिज्य बैंकहरुलाई परिपत्र गरी संघलाई सहयोग गरिदिन बैंकर्स एसोसिएसनलाई संघका अध्यक्ष सुमनमान ताम्राकारको पत्रमा उल्लेख छ । 

गुप्ताले व्यवसायीले स्वतन्त्रतापूर्वक व्यवसाय गर्न पाउने हक रहेको र सिफारिसअनुसार बिक्री नभएको सुन १५ दिनभित्र खरिद गर्न कसैको पनि सिफारिस नचाहिने  बताए । उनले कसैले यसलाई सुन देऊ र नदेऊ भनेर लेख्नु गलत भएको भन्दै दर्तावाल  सुन व्यवसायी जोसुकैले सिफारिसअनुसार खरिद नभएको सुन १५ दिनभित्र खुलारुपमा किन्न पाउने कार्यविधिमै उल्लेख रहेको दाबी गरे । 

सिफारिस नै लिनुनपर्ने सुन आफूहरू मंगलबार हात्तीसारस्थित लक्ष्मी सनराइज बैंकमा जाँदा सुन नदिई फर्काइनु आपत्तिजनक भएको उनले बताए । 

उक्त बैंकका एक अधिकारीले भने संघले लेखेको पत्राचारका आधारमा आज सुन नदिइएको बताए । तर, बैंकका अधिकारीहरूले रिद्धि सिद्धि सुनचाँदीसम्बन्धी अर्को संघमा पनि सदस्य रहेकाले सदस्यता नै चाहिने हो भने त्यसबाट सिफारिस ल्याउन सक्ने रिद्धि सिद्धिका कर्मचारीलाई भनेका छन् । यस्तै आफूहरूले आन्तरिक छलफल गरेर सुन दिन सहजीकरण गर्ने पनि बैंकका अधिकारीहरुले रिद्धि सिद्धिलाई आश्वासन दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप