राष्ट्र बैंकले पेन्सन कोषको ४५ करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको ४५ करोड रुपैयाँ निक्षेपमा राख्ने भएको छ । इजाजतपत्र प्राप्त वाणिज्य बैंक, विकास बैंक र राष्ट्रिय स्तरका वित्त कम्पनीहरूमा एक वर्षका लागि उक्त निक्षेप राख्न चाहेको हो ।
मंगलबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले २०८१ असार ३ गतेदेखि २०८२ असार ३ गतेसम्म कूल ३६६ दिन मुद्दती निक्षेपमा उक्त रकम राख्ने जनाएको हो । इछुक बैंकहरुले उचित ब्याजदरसहित आवश्यक निक्षेपका लागि २०८१ असार २१ गतेसम्म अनलाइन आवेदन दिन आह्वान गरेको छ ।
बैंकको सूचना अनुसार वाणिज्य बैंकहरुका लागि ३६ करोड रुपैयाँ छुट्याइएको छ भने विकास बैंकहरुका लागि ६ करोड ७५ लाख रुपैयाँ र ग वर्गको राष्ट्रिय स्तरका वित्त कम्पनीहरूका लागि २ करोड २५ लाख रुपैयाँ छुट्याइएको छ ।
निक्षेप चाहने बैंक तथा वित्तीय संस्था सञ्चालनको कम्तीमा २ वर्ष पुरा भएको हुनुपर्नेछ भने तोकिएको न्यूनतम चुक्ता पुँजी कायम गरेको र कूल कर्जा लगानीको ५ प्रतिशत भन्दा कम खराब कर्जा रहेको हुनुपर्ने राष्ट्र बैंकले सर्त राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाधिवेशनबारे औपचारिक निर्णय गर्न रास्वपा बैठक बस्दै
-
युद्धपछि गाजामा कस्तो रहला इजरायली सेनाको भूमिका ?
-
लेनदेन विवादमा शर्मिला वाइबामाथि आक्रमण
-
राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
-
नेपालमा राजतन्त्र फर्किन सम्भव छैन : युवा नेता गुप्ता
-
तालिम नलिए पनि अध्यापन अनुमति पत्र स्थायी रूपान्तरण गर्न सकिने