बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राजेन्द्र महतोले बोलाए विस्तारित बैठक

मङ्गलबार, १८ असार २०८१, १५ : ५०
मङ्गलबार, १८ असार २०८१

काठमाडौँ । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले विस्तारित बैठक बोलाएको छ । बैठक असार २० र २१ गते काठमाडौँमा बस्ने भएको हो । 

बैठकमा संगठन निर्माण, कार्यक्रम, कार्ययोजनालगायतको विषयमा छलफल हुने क्रान्तिका नेता सन्तोष मेहताले बताए । यसअघि बसेको विस्तारित बैठकले जेठ ७ देखि असार १ गतेसम्मका लागि तय गरेको सम्पूर्ण कार्यक्रम सम्पन्न गरेको छ । अब अगामी कार्यक्रम तथा कार्ययोजना र संघर्षका कार्यक्रम तय गर्नका लागि बैठक बस्न लागेको उनले बताए ।  

विस्तारित बैठकमा प्रस्तुत हुने एजेन्डाको बारेमा छलफल गर्न मंगलबार राष्ट्रिय क्रान्ति फोरमको कोर ग्रुपको बैठक चलिरहेको छ । सो बैठकले एजेण्डा तय गर्ने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप